प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौठो फूल

उदयपुर । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपाली मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या हजारौं हजार हुन्छन् ।

इसाको छैटांै÷सातौं शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैंमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रिय स्तरमा पुजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रुख के को हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

मधेस प्रदेशअन्तर्गत पूर्व–पश्चिम लोकमार्र्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक सलहेस फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते त्यो दुर्लभ फूल फुल्ने गर्दछ । हारम जातका विशाल रुखमा एक्कासी फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः ओइलाएर झर्ने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिक कालतिर फर्किनुपर्ने हुन्छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो भनिन्छ । आफ्ना पति सलहेसलाई पकडिया गढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आप्mनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेसलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आप्mना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् भनिन्छ । सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनीले सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण त्यागेकी थिइन् । उनले प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन प्राण त्याग्नुअघि हारमको रुखमा देखापर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको वैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको स्थानीयबासीको भनाइ रहेको छ ।

राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, बिराटपुर, त्रिवेणी धाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रूपमा मेला लाग्ने गर्दछन् । वैशाखको पहिलो दिन फुलबारीमा रहेको हारमको रुखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछ । जुन फूल हेर्न देश–विदेशबाट हजारौंको संख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिस दहमा नुहाउने, फुलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनीबीच प्रेम विछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फुलबारीभित्र रहेको हारमको रुखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रूपमा लिएको पाइन्छ । भनिन्छ, युवायुवतीबीच प्रेमकथालाई जीवन्तता प्रदान गर्न फुलबारीमा रहेको सो रुखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास अनुरूप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको संख्या बढ्दै गएको स्थानीयबासीको भनाइ रहेको छ । बर्सेनि फुलबारी मेला हेर्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हँुदै गइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 453 times, 1 visits today)

epaper

ताजा समाचार

ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो