मेनुका थापालाई जनसेवाश्री पदक

काठमाडौ । विगत १९ वर्षदेखि यौनजन्य हिंसा बलात्कारपीडित, प्रभावितको उद्धार, संरक्षण र पुनस्र्थापना गर्दै आइरहेको ‘बलात्कारविरुद्धको संस्था’ रक्षा नेपालकी संस्थापक, अध्यक्ष ‘मेनुका थापा’लाई जनसेवाश्री पदविबाट सम्मान गरिएको छ ।
शीतल निवास राष्ट्रपति कार्यलयमा शुक्रबार आयोजित एक समारोहबीच सो सम्मान प्रदान गरिएको हो ।

२०६० सालमा ‘रक्षा नेपाल’ स्थापना गरी असुरक्षामा परेका छोरी चेलीको उद्धार तथा उनीहरूलाई निःशुल्क लालनपालन गर्दै समाजमा योग्य नारीका रूपमा पुनस्र्थापना गराउँदै आएकी थापाको नेतृत्वले हालसम्म ८ हजार ६ सय ५९ महिला तथा ९ सय ३४ बालिकालाई नयाँ जीवन दिन सफल भइसकेको छ ।

जन्मदिने बुबाको मायाममताको अनुभव गर्न नपाए पनि राष्ट्रकै पिता राष्ट्रपतिबाट सम्मानित हुन पाएकोमा खुसी छु,’ मेनुकाले भनिन्, ‘यो सम्मानले थप जिम्मेवार बोध गराएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली