‘आज संबैधानिक परिषदसबन्धी बिद्येयक पारित गरिने’

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाईएको छ । आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । 

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची पनि बनाईएको छ । आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।  संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसुची तयार गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी