काठमाडौं । पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्रचार्याको जीवनशैलीका चित्र यतिबेला प्रदर्शनीमा छन् । फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठले खिचेर उनको तस्बिहरु प्रदर्शनमा ल्याएका हुन् ।
कराओके इन्टरटेनमेन्टको आयोजनामा सरु भएको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ । पुर्व कुमारी बज्राचार्यको ४३ वटा तस्विरहरु यो प्रदर्शनीमा राखिएका छन् । कुमारी हुँदा देखि कुमारी जीवनबाट अविष्कार पाउँदासम्मका उनका रमाइला तस्बिहरु यो प्रदर्शनीमा हेर्न पाइन्छ ।
ललितपुरको पाटन संग्रहालयमा मंगलबारबाट यो प्रदर्शनी सुरु भएको हो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले मँगलबार बिहान एक यो फोटो प्रदर्शनीको उद्घाटन गरे । उनले कुमारीले पाउने सेवा सुविधालाई बढाउन रातो पुस्तिकामै उल्लेख गरी संस्थागत गर्ने दाबी गरे । कुमारी जीवित देवी भएकाले उनीहरुको हितमा काम गर्नु आफुहरुको दायित्व रहेको पनि महर्जनले बताए, ‘यस किसिमको प्रदर्शनीले कुमारीको जीवनीलाई बुझन मदत गर्छ । यसलाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ ।’
२०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जीवितदेवी कुमारीका रूपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल’ सम्मको जीवनीलाई तस्विरमा सङ्ग्रहित गरिएको छ । कुमारीले सौन्दर्य प्रतियोगितामा भाग लिएको कुरा धेरैलाई अनौठो लाग्ने गरेको फोटोपत्रकार कुवेर डंगोलले उद्घाटन समारोहमा बताएका छन् ।
कुमारीको तस्बिर प्रदर्शनी’bout फोटो पत्रकार डँगोलले भने, ‘कुमारीको तस्विर खिच्ने क्रममा यो योजना बनेको हो। उहाँको जीवनी कुमारी घर भन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्विरमार्फत देखाउने यो प्रदर्शनी गरिएको हो । उनले अगाडि थपे, ‘म सँग कुमारी घरबाट निस्किएपछिको तस्विर थियो। उहाँको अगाडीको जीवनी झल्किने तस्विरहरू फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो ।’
पुर्व कुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएको तस्विरले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनी यात्रा दर्शाउनले उनले बताईन । प्रदर्शनी उद्घाटन समारोहमा उनले पुर्व कुमारीको सेवा सुविधासँगै कुमारीले पाउँदै आएको पुजाको रकममा वृद्धि गरिनु पर्ने बताईन्, ‘कुमारी बाहिर निस्किएपछि गर्ने कामहरू तस्विरले देखाएको छ । हामीले बहिला सशक्तिकरणका लागि गरिरहेको गतिविधिसँगै संस्कृति र सम्पदा संरक्षणमा निर्वाह गरेको भूमिकालाई सहजै प्रदर्शनीमार्फत बुझनुहुनेछ ।’






