मुलुकका कतिपय सामुदायिक विद्यालयको वार्षिक परिक्षामा नतिजा सून्य भइरहेको बेला पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा भने अभिभावकले आफ्ना विद्यार्थी भर्ना गर्न भनसुन गर्नु पर्ने अवस्था छ । यतिसम्म कि विद्यालयले धान्नै नसक्ने गरि विद्यार्थी चाप बढेपछि विद्यालयले भर्ना हुन चाहने विद्यार्थीका विचमा प्रवेश परिक्षा लिएको छ । यसको अर्थ अब उक्त विद्यालयमा अध्ययन गर्न जो सुकै विद्यार्थीले पाउदैनन् । विद्यालयमा भर्ना योग्य हुनका लागि पढाईमा पनि अब्बल हुनु पर्छ । पाँचथरको यो एउटा यस्तो नमुना विद्यालयले हो जसले आम सामुदायिक विद्यायमाथी लाग्दै आएको अभियोगको खण्डन गरेको छ । सामुदायिक विद्यालयको पढाई गतिलो हुन्न भनेर टिप्पणी गर्नेहरुलाई एउटा पाठ सिकाएको छ ।
उक्त विद्यालयमा अहिले २ हजार १ सय ३३ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक र भौतिक पूर्वाधारका कारण थप विद्यार्थीलाई पठाउन सक्ने अवस्था छैन । तर, पनि अभिभावकबाट यति धेरै दवाव आयो थप १ सय ४३ जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनायो । विद्यालयले बनाएको योजना भन्दा विद्यार्थी संख्या धेरै भएपछि विद्यालयले प्रवेश परिक्षा लिने निर्णय ग¥यो । २००६ सालमा स्थापना भएको यो विद्यालय कोसी प्रदेशको सर्वोकृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भइसकेको छ । सुविधा सम्पन्न भौतिक संरचना, पुस्तकालय, गुणस्तरीय र परिणाममुखी शैक्षिक वातावरणका कारण यस विद्यालयमा विद्यार्थीको अत्यधिक चाप हुने गरेको स्थानीयको भनाइ छ । यसो भनिरहँदा कतिपयलाई लाग्न सक्छ यस्तै पूर्वाधार र जनशक्ति त अन्य विद्यालयमा पनि छ तर, किन परिक्षा नतिजा गतिलो भएन । यसको एउटै कारण हो प्रधानाध्यापक विनोदकुमार ठाकुरको नेतृत्व । ठाकुर पनि आम शिक्षक जस्तै हुन् फरक यति छ । उनले शिक्षण सिकाइका सन्दर्भमा कहिल्यै हेलचेक्रयाई गरेनन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई शिक्षाकै विषयमा केन्द्रित हुन प्रेरित गरे । आम विद्यार्थी र अभिभावकको पनि ‘अभिावक’ का रुपमा प्रस्तुत भए ।
सरकारले सामुदायिक शिक्षामा तुलनात्मक रुपमा राम्रै लगानी गरे पनि समग्रमा चित्त बुझ्दो परिणाम आउन सकेको छैन । यसो हुनुको मुलकारण हो विद्यालय व्यवस्थापन समितिमा दलिय हस्तक्षेप । सामुदायिक विद्यालय विग्रनुको अर्को कारण दलिय संरचनामा शिक्षा मन्त्रालय हाम्रोमा कहिल्यै रोजाईको मन्त्रालय पर्दैन । दलिय भागबण्डा मिलाउनका लागि कोही कसैलाई थन्क्याउने अड्डाको रुपमा शिक्षामन्त्रालय पुगेपछि सामुदायिक शिक्षाको स्तर उक्सिन्छ भन्नु ‘आकाशको फल आँखातरी मर’ भन्नु सरह हो । यति हुँदा हुँदै पनि फिदिम माध्यमिक विद्यालयले दिएको सन्देश आफैंमा प्रयाप्त हो । शिक्षण पेशामा संलग्न व्यक्तिमा इच्छाशक्ति हुने हो भने जुनसुकै ठाउँमा खुलेका विद्यालयलाई पनि अब्बल बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।






