श्रीमतीलाई खुकुरी प्रहार गरेर श्रीमानले गरे आत्महत्या

पाँचथर । जिल्लाको फालेलुङ् गाउँपालिका–६, दबाईपानीमा बिहीबार राती एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका छन् ।

५६ बर्षीय शान्त कुमार राईले ५३ बर्षीया श्रीमती बिमरानी राईमाथि खुकुरी प्रहार गरी आत्महत्या गरेका हुन् । खुकुरी प्रहारबाट बिमरानी गम्भिर घाइते भएकी छिन् । उनको पाँचथर सदरमुकाम फिदिमस्थित गणेशमानसिं सामुदायीक अस्पतालमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पु-याइएको छ । टाउको र निधारमा गहीरो चोट लागेकी उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । शान्त कुमार र बिमरानीका ३ छोरा र २ छोरी छन् ।

खुकुरी प्रहारपछि बेपत्ता भएका शान्त कुमारको खोजतलास गर्ने क्रममा घर नजिकै पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको स्थानीय दिपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !