प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज हुने

काठमाडौं । मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै निवास फर्कनुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?