निरु पाण्डेको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

शनिबार राती झापाबाट विनोद विकलाई पक्राउ गरिएको सो हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिइन । थप विवरण आजै सार्वजनिक गरिने उनले बताइन । गत वैशाख ७ गते दिनदहाडै पसलमा नै बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो ।

थप विवरण आजै सार्वजनिक गर्ने तयारी

प्रहरी घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । आरोपी पक्राउ पर्न नसकेको भन्दै आफन्त, व्यवसायी र स्थानीयहरुले प्रशासनविरुद्ध आन्दोलन गरिरहेका थिए ।

घटना भएको धेरै दिनसम्म पनि आरोपीलाई प्रक्राउ गर्न नसकेकोले एआइजी किरण बज्राचार्यको संयोजकत्वमा उच्च स्तरको अनुसन्धान समिति गठन गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण