सरुवापछि कर्मचारीको शाही बिदाइ

Online Nepali News Portal

जनकपुरधाम । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ यो उखानजस्तै मधेस प्रदेशमा अन्यत्र नभएका काम कुरा भइरहेको छ । एक जना हाकिमको बिदाइ ‘शाही’ शैलीमा भएपछि अहिले प्रदेशभरि चर्चाको विषय बनेको छ । सरुवा हुनु समान्य प्रक्रिया हो तर त्यसलाई उत्सवजस्तो बनाएपछि त्यो असामान्य घटना बन्यो ।

उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव विशाल घिमिरेको दुई साताअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा भयो । उनको बिदाइ यति भव्य गरियो । जिल्लाको आठवटै डिभिजन वन कार्यालयका साथै इलाका वन कार्यालयका कर्मचारी विदाइ समारोहमा सहभागी भए । वन क्षेत्रमा काम गर्ने केही व्यक्तिले नागरिक समाजको नाउँमा सम्मानसमेत गरे । मन्त्रालयका एकजना कर्मचारीका अनुसार सचिवलाई १४ ठाउँमा बिदाइ एवं सम्मान गरिएको छ ।

‘जनकपुरधामबाट जान लागेका सबै सचिवलाई हामीले स्वागत एवं सम्मान गर्ने गरेका छौं त्यसकै निरन्तरता हो,’ नागररिक समाजको नाममा स्वागत गरेका सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले भने ।

‘घिमिरेले धनुषामा एक दर्जन जलाशययुक्त पोखरी बनाउन लगाएको, चुरिया क्षेत्रमा सरोकारवला निकायसँग सहकार्य गरी कार्य गरेकाले हामीले उच्च मूल्यांकन गरेका हौं,’ शर्माले भने ।

जनकपुरधामबाट पोखरा सरुवा भएपछि मधेस प्रदेशको विभिन्न स्थानमा भव्य बिदाइका लागि सचिव घिमिरेले हरेक ठाउँमा व्यवस्थापन गर्न दुई जना कर्मचारीलाई नै खटाएका थिए । ती कर्मचारीले सचिव पुग्नुभन्दा अघि नै डीएफओसँग समन्वय गर्ने गरेको उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेस प्रदेशका एक जना कर्मचारीले नाम नछाप्ने सर्तमा वताए ।

अहिले पोखरा सरुवा भए पनि सचिव घिमिरेले यसअघि पनि प्रत्येक महिना सरकारी गाडी लिएर पोखरा जाने गर्थे । घिमिरेकी श्रीमती वन विज्ञान अध्ययन संस्थान पोखरामा कार्यरत छिन् । उद्योग पर्यटन तथा वन मन्त्रालयका एक जना कर्मचारीका अनुसार महिनामा दुई÷तीन पटकसम्म सचिव घिमिरे पोखरा जाने गर्थे ।

मधेस सरकारले प्रतिमहिना मुख्यमन्त्रीलाई ३ सय लिटर, मन्त्री राज्यमन्त्रीलाई २ सय ५० लिटर, सचिवलाई १ सय ५० लिटर र महाशाखा प्रमुखलाई ७० लिटर इन्धनको सुविधा दिएको छ ।

एक कर्मचारीका अनुसार सचिव घिमिरेको तेलको खर्च यति धेरै गर्थे उनले केही तेल प्रदेशमा रहेका विभिन्न डिभिजन वन कार्यालयबाट पनि लिन्थे । आश्चर्यको कुरो यतिसम्म छ कि सचिव घिमिरेलाई पोखरासम्म छोड्न उद्योग पर्यटन तथा वन मन्त्रालयका निमित सचिव जगन्नाथ जयसवाल पनि गएका थिए । सरकारी गाडी लिएर सरुवा भइसकेका सचिवलाई कार्यक्षेत्रसम्म छोड्न गएपछि जयसवालको कर्मचारीवृतमै निकै आलोचना भइरहेको छ । मन्त्रालयका प्रवक्ता अञ्जना कायस्थले निमित सचिव जयसवाल पोखरा गएको कुरा फोटो हेरेर थाहा पाएको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी