भारोत्तोलन टोली दक्षिण कोरिया जाने


एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ ।
मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भाण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।  प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।


प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने