ट्राफिक द्वारा सडक सुरक्षा सप्ताहको आयोजना

बारा । जिल्ला ट्राफिक कार्यालय बाराले सडक सुरक्षा सप्ताहको आयोजना गरेको छ । कलैया उप-महानगरपालिकामा ट्राफिक कार्यालय बाराले सोमबार सुरक्षा सप्ताहको आयोजना गरेको हो ।

ट्राफिक कार्यालयको आयोजनामा भएको सडक सप्ताह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, विभिन्न विधालयका विधार्थी लगायतको सहभागितामा ट्राफिक सम्बन्धि जनचेतना जगाउन नगरको परिक्रमा गरि मुख्य चौकमा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सुरेश ठाकुरले स्वागत मन्तव्यमा बोल्दै ट्राफिक नियम मिचेकोमा गर्व हैन लाज मान्नुपर्ने बताए । सवारी साधन हाक्दा गतिको नियन्त्रण र हेल्मेट अनिवार्य सबैले लगाई दिदा सवारी दुर्घटना नियन्त्रण गर्न सकिने ट्राफिक प्रहरी निरीक्षक ठाकुरले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद साहले दुर्घटनालाई नियन्त्रण गर्न गाडी पछाडि टास्ने स्टिकर लगायतको समाग्री आफुले सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कार्यक्रममा बोल्दै सडक दुर्घटना हुनुको मुख्य कारण अव्यवस्थित सडक समेत रहेको बताए । सवारी साधन चलाउदा अनिवार्य हेल्मेटको प्रयोग गर्ने बानी बसाल्नुमा जोड दिएका थिए । सक्दो प्रयास गरौ पछाडि बस्नेले समेत हेल्मेट प्रयोग गरिदिदा दुवैको ज्यान सुरक्षित हुने प्रजिअले बताए ।

प्रत्येक वर्ष २२ सयको हराहरीमा सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको सापकोटाले बताए । सवारी साधन चलाउदा जहिले पनि आफ्नो कन्ट्रोलमा राखेर चलाउनु पर्नेमा जोड दिए । ठुला सवारी साधन प्रयोग गर्दा झ्याल बाहिर शरीरको कुनै अङ्ग ननिकाल्न र ट्राफिक नियमको पालना गर्न विधार्थीहरूलाई उनले आग्रह गरेका थिए ।

सनराईज बैक निजगढ शाखाका प्रमुख प्रधुमन अचार्यले ट्राफिक सम्बन्धि सचेतनामुलक पम्लेट सहयोग गरेका थिए ।

कलैया उप-महानगरको मेयर विनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक होविन्द्र वोगटी, टोप बहादुर डाङ्गी, अनुसन्धान प्रमुख अभिनय कुमार सिह, वडा ४ का वडाध्यक्ष रामेश्वर यादव, वडा सदस्य शषी दास, ट्रेड युनियनका अध्यक्ष विश्वमणि नेपाल, नेपाल स्काउट बाराका अध्यक्ष भरत साह, भरत बाबा बोडिङ्ग, बाल एकता बोडिङ्ग, दुर्गा मावि, श्री ३ चन्द्र र श्री नेपाल राष्ट्रिय माविका विधार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सावित्री शर्माले गरेकी थिइन ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

epaper

ताजा समाचार

११औं दिन माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार