बैतडी जिल्ला अस्पताल मुलुककै उत्कृष्ट

बैतडी । जिल्ला अस्पताल बैतडी मुलुककै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य मन्त्रालयले न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो ।

३० र ३१ गते क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निक साइमन इन्स्टिच्युटले जिल्ला अस्पताल बैतडीको अनुगमन तथा मूल्यांकन गरेको थियो । सो क्रममा बैतडी जिल्ला अस्पतालले केही नमुना अभ्याससहित सर्वाधिक अंक प्राप्त गरेर मुलुककै उत्कृष्ट अस्पताल बनेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डाक्टर निराजन श्रेष्ठले बताए ।

गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले यस वर्ष ६ प्रतिशत सुधार गर्दै ९५ प्रतिशत अंक प्राप्त गरेको हो ।

अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालभित्रका प्राविधिक सुविधा, जनशक्ति व्यवस्थापन, भौतिक अवस्थाजस्ता सूचकका आधारमा मूल्यांकन गर्दै अंक प्रदान गरिन्छ । अस्पतालले गत वर्षदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको थियो ।

जनशक्ति र व्यवस्थापनमा मिहिनेत गर्दा देशकै उत्कृष्ट अस्पताल बनेको अस्पताल प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए । जिल्ला अस्पताल बैतडीमा पछिल्लो समय विशेषज्ञ सेवा प्रदान भइरहेको छ । अहिले जिल्ला अस्पताल बैतडीमा पाँचजना विशेषज्ञ चिकित्सकसहित १२ जना चिकित्सकहरू कार्यरत छन् । जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, नाक, कान घाँटी, एनेस्थियोलोजिस्ट, डेन्टल सर्जन, एमडीजीपी, बालरोग गरेर पाँचजना विशेषज्ञले सेवा दिइरहेको डा. श्रेष्ठले बताए ।

जिल्ला अस्पताल बैतडीको विकासका लागि सबै सरोकारवाला निकायको भूमिका रहेको र अझै सबैको साथ सहयोग भएमा उत्कृष्टता कायम गर्न सकिने अस्पताल विकास समिति अध्यक्ष पार्वती भट्टले बताइन् ।

बैतडी जिल्ला अस्पतालमा जनशक्ति पर्याप्त भए पनि अझै स्रोत साधनको अभाव भएको भट्टको भनाइ छ । हाडजोर्नी विशेषज्ञ भए पनि ३०–४० लाख रुपैयाँ पर्ने मेसिन अभावमा बिरामीहरू धनगढी वा भारतको पिथौरागड जान बाध्य छन् ।

जिल्ला अस्पतालमा जनशक्तिअनुसारकै उपकरण भएमा उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित