शसस्त्र प्रहरीले बनायो सर्वसाधारणका लागि गोलो घेरा

बारा । लकडाउनमा सर्वसधारणको सहजको लागि सशस्त्र प्रहरीले गोलो प्रणाली सुरु गरेको छ ।

बजारमा तरकारीलगायत खाद्य पदार्थ किन्न आउने सर्वसधारणको लागि गोलो प्रणाली लगाईएको हो ।

बजारमा किनमेल गर्न आउने सर्वसधारणलाई गोलोमा बसेर दुरी कायम गरि किनमेल गर्ने वतावरण बनाएको सशस्त्र प्रहरी उपरिक्षक दिगविजय सुवेदीले जानकारी गराएका छन ।

जिल्लाको विभिन्न ठाउमा सशस्त्र प्रहरीको युनिटबाट खटेका कर्मचारीहरुले कम्तीमा तीन फिटको दुरी कायम गरेका छन् । किराना पसल, कपडा, तरकारी, औषधी लगायतको ठाउमा तीन फिटको फरकमा गोलो घेरा लगाएका हुन् ।

कोभिड १९ बाट बच्न मास्कको प्रयोग गर्नुका साथै कम्तीमा तीन फिटको दुरी बनाउने भएकोले सोहि अनुरुप जिल्लाको कोल्भी नगरपालिका, कलैया उपमहानगरपालिका लगायतको स्थानिय तहहरुमा यो प्रविधिबाट सर्वसधारणलाई लकडाउनमा पनि किनमेल वतावरण बनाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'