क्वारेन्टाइनमा मृत्यु भएका नेपालीको रिपोर्ट नेगेटिभ

पाेखरा । रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखी बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएका विश्ववन्धु नेपालीको कोरोना नभएको पुष्टि भएको छ । गाउँपालिका–५ देउरालीस्थित सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा लगिएकोमा चैत १२ गते मृत्यु भएको थियो ।

मृत्युपश्चात कोराना भए वा नभएको पुष्टि गर्न नमूना परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु घिमिरेले जानकारी दिए। क्वारेन्टाइनमा राखिएको व्यक्ति मृत्यु भएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टाइनमा भएको मृत्युले सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमूना परीक्षणको रिपोर्टले अन्त्य भएको छ ।

क्वारेन्टाइनमा रहेका २३ जनामध्ये दुई जनाको १४ दिन अवधि पूरा गरेर आज घर फर्केको जानकारी दिंदै उहाँले विदेशीबाट गाउँ फर्कने सङ्ख्यामा थप हुने भएपछि रामकोट मावि र ध्रुवतारा क्लबको भवनमा २७ बेड तयार गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्लाई मध्यनजर गर्दै झापामा सशस्त्रद्वारा सचेतनामूलक माइकिङ तथा उद्धारको तयारी