वालिङ क्याम्पसमा आर्थिक संकट

वालिङ (स्याङ्जा) । शैक्षिक क्षेत्रको धरोहरका रूपमा रहेको नेपालकै जेठो सामुदायिक क्याम्पस, वालिङ बहुमुखी क्याम्पस अहिले अस्तित्वको झोली थापेर बसेको छ । स्याङ्जालाई शैक्षिक क्षेत्रका रूपमा चिनाउन महŒवपूर्ण भूमिका खेल्दै आएको यस क्याम्पस आर्थिक व्ययभार थेग्न नसकेपछि अस्तित्वको झोली थाप्न बाध्य भएको हो । २०३७ सालमा स्थानीय समुदायले स्थापना गरेको क्याम्पस ४३ वर्षपछि जटिल समस्यामा फसेको छ । जति पुरानो हुँदै गयो उति फस्टाउनुपर्ने क्याम्पसमा जटिलता आउनुको कारण सञ्चालक समितिको अदूरदर्शी नीति रहेको बताइएको छ । हजारौं विद्यार्थीलाई शिक्षित बनाएको योे क्याम्पसको दूरवस्था आउनु निकै दुःखद रहेको जानकार बताउँछन् ।

सञ्चालक समिति र क्याम्पस प्रशासनले आफ्ना पार्टीनिकट प्राध्यापक र कर्मचारीलाई नियुक्ति गर्नुले क्याम्पसमा आर्थिक बोझ थपिन पुगेको हो


जिल्लाकै मध्यभागमा रहेको क्याम्पस भौतिक पूर्वाधारले भने सम्पन्न छ । विद्यार्थीको संख्या राम्रो रहेको तथ्यांकले देखाउँछ । विद्यार्थी संख्या उल्लेख्य हुँदाहँुदै पनि अहिले क्याम्पसमा तलब खुवाउने पैसासमेत छैन । विगतको आम्दानीलाई संस्थागत गर्न नसक्दा यो समस्या आएको हो । क्याम्पसले झन्डै ४ करोड बढी ऋणको दायित्व बोक्न बाध्य छ । हरेक महिना आर्थिक बोझ थपिएपछि वर्तमान सञ्चालक समितिले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गर्न बाध्य भएको छ ।

२३ वैशाखमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक संकटकाल घोषणा गर्ने निर्णय गरेको छ । क्याम्पसलाई थप व्ययाभारबाट जोगाउन आर्थिक संकटकाल घोषणा गरेको सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले दाबी गरे । क्याम्पसले २०७७ चैतदेखि हालसम्म ४ करोड बढी रकम भुक्तानी गर्नुपर्ने देखिएको उनले बताए । सो क्याम्पस विश्वविद्यालय अनुदान आयोग नेपालद्वारा क्यूएए मान्यता प्राप्त गर्न सफल छ ।

समितिले आर्थिक संकट समाधान गर्न कात्तिक मसान्तसम्म कायम रहनेगरी वित्तीय संकटकाल घोषणा गरेको छ । आर्थिक संकट समाधानका लागि सञ्चालक समितीका सदस्य डा. अच्युतशरण अर्यालको संयोजकत्वमा भरतप्रसाद बगाले, नित्यानन्द तिवारी, कविता भुषाल र अनुपमा ढुंगाना सदस्य रहनेगरी वित्तीय संकट समाधान सुझाव कार्यदल गठन गरी काम अगाडि बढाइएको क्याम्पसले जनाएको छ ।

पूर्वसञ्चालक समितिबाट प्राध्यापक एवं कर्मचारीको भुक्तानी दिनुपर्ने १४ महिनाको पुरानो बाँकी तलब भत्ता १ करोड ९८ लाख, हालको ६ महिनाको बाँकी तलब भत्ता करिब १ करोड ८ लाख र विभिन्न व्यक्ति तथा फर्मबाट पुरानो भुक्तानी माग गरिएको समेत गरी हालसम्म क्याम्पसमा झन्डै ४ करोड घाटा देखिएको छ ।

क्याम्पसमा १६ जना पूर्णकालीन प्राध्यापक, ३० जना आंशिक प्राध्यापकसहित ६३ जना प्राध्यापक र कर्मचारी कार्यरत छन् । कोभिड संक्रमणका बेला गरिएको लकडाउन, प्रध्यापकको संख्या बढी र तलबमानमा मनोमानीका कारण क्याम्पस घाटामा हँुदै आएको निष्कर्ष वर्तमान सञ्चालक समितिको छ । दरबन्दीभन्दा बढी प्राध्यापक एवं कर्मचारी कार्यरत हुनु, आर्थिक अवस्था कमजोर हुँदासमेत तलब स्केल त्रिभुवन विश्वविद्यालयबराबर हुनु, प्लस टु दिवा सत्रमा लैजाँदासमेत बिहानी सत्रको जनशक्ति यथावत् हुनुले क्याम्पस घाटामा गएको देखिन्छ । २०७७ चैत महिनादेखि २०७८ भदौ महिनासम्म मासिक आम्दानीको तुलनामा खर्च बढी भई क्याम्पसले मासिक करिब ७ लाख घाटा बेहोर्दै आएको छ ।

कुनैकुनै संकायमा विद्यार्थीभन्दा प्रध्यापकको संख्या धेरै हुनुले पनि आर्थिक व्यायभार बढेको देखिन्छ । गणित विषयमा जम्मा आम्दानी वार्षिक २ लाख ५९ हजार ८ सय र खर्च १७ लाख ८५ हजार ७ सय ९१ देखिन्छ । यो विषयमा मात्र १५ लाख २५ हजार १ सय ९१ घाटा रहेको छ भने त्यसैगरी, जनसंख्या विषयमा ८ लाख २२ हजार, अर्थशास्त्र विषयमा १० लाख ९८ हजार घाटा रहेको छ । यो एउटा उदाहरण मात्र हो । यस्तो आयभन्दा व्यय धेरै क्याम्पसका सबै संकायमा छ ।

विगतका वर्षदेखि नै सञ्चालक समिति र क्याम्पस प्रशासनले विद्यार्थीको संख्या थप्नुभन्दा आफ्ना पार्टीनिकटका प्रध्यापक र कर्मचारीलाई नियुक्ति गर्नुले क्याम्पसमा आर्थिक बोझ थपिन पुगेको स्वतन्त्र विद्यार्थी युनियनको ठहर छ । स्ववियुका सभापति सन्दीप कँडेल भन्छन्, ‘राजनीतिक आडमा कार्यकर्ता भर्ती गर्दा यस्तो समस्या आएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता