श्रीच्छा बनिन् ‘मिस नेपाल वल्ड’

काठमाडौं । काठमाडौं २३ वर्षीया श्रीच्छा प्रधानले ‘मिस नेपाल वल्र्ड २०२३’ उपाधि जितेकी छन् । ललितपुर गोदावरीमा शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा २३ जनालाई पछि पार्दै उनले ताज चुमेकी हुन् । यद्यपि, स्थगित आगामी ‘विश्व वल्र्ड प्रतियोगिता’मा भने उनले भाग लिने पाउने छैनन् ।

‘मिस नेपाल २०२२’ प्रियंकारानी जोशीले नै आगामी ‘मिस वल्र्ड’मा सहभागिता जनाउने छिन् । श्रीच्छाले अर्को वर्षमात्र मात्र ‘मिस वल्र्ड’मा सहभागिता जनाउन पाउने भएकी छन् ।

‘मिस नेपाल वल्र्ड’ विजेता प्रधानले ‘इन्भारोमेन्ट साइन्स’मा स्नातक गरेकी छन् । आफू ‘मिस नेपाल भए पनि वातावरण क्षेत्रमा निरन्तर कार्यरत रहने’ उनले प्रतिबद्धता जनाएकी छन् ।

अन्तिम प्रतिस्पर्धामा ‘मिस नेपाल इन्टरनेसनल २९२३’ उपाधि प्रसिद्धि शाह र ‘मिस नेपाल अर्थ २०२३’ उपाधि रैना मजगैयाँले जितेका छन् । प्रसिद्धिले यसै वर्षको ‘मिस इन्टरनेसनल’मा र रैनाले ‘मिस अर्थ’मा नेपालबाट सहभागिता जनाउने भएका छन् ।

‘मिस नेपाल वल्र्ड’ आयोजना द हिडन ट्रेजर गरेको हो । समारोहमा १२ सहविधाका विजेतासमेत घोषणा गरिएको छ । जसमा श्रीइच्छाले नै ‘फेस अफ द इयर’ उपाधि हासिल गरेकी छन् ।

त्यस्तै, ‘मिस पपुलर च्वाइस’ प्रसिद्धि शाह, ‘मिस फिटनेस क्विन’ र ‘मिस इन्टलेक्चुअल’ उपाधि ऐश्वर्या श्रेष्ठको पोल्टामा परेको छ ।
यसैगरी, ‘मिस फोटोजेनिक’ कीर्तिक खड्का, ‘मिस कन्फिडेन्ट’ प्रज्ञा बज्राचार्य, ‘मिस हेल्दी स्किन’ रायना मजगैयाँ, ग्रिष्मा अधिकारी ‘मिस ग्ल्यामर’, ‘मिस मल्टिमिडिया’ सुहानी खड्का क्षत्री, ‘वुमन अफ द विंग्स’ उन्नति गुरुङ, ‘मिस ब्यूटी विथ द पर्पस’ आयुष्मा बराल घोषित भएका छन् ।

अन्तिम प्रतिस्पधर्मामा सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्य, अभिनेत्री आँचल शर्मा, पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपाल अध्यक्ष विनायक शाह, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी निर्णायक थिए ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते