चीनको वुहानमा सहरबाट सुरु भएको कोरोना भाइरसको आतंक अहिले विश्वभरि आँधीतुफानझैं फैलिएको छ । कोरोनाको डरले एसिया, युरोप तथा अमेरिका कतिपय स्कुल, कलेज, यातयात, हवाई सेवा तथा सार्वजनिक ठाउँ बन्द भएका छन् । एक प्रकारले अहिले विश्व ठप्प छ । विश्व अर्थतन्त्र अस्तव्यस्त भएको छ । डरत्रासको माहोल फैलिएको छ । जताततै कोरोनाकै चर्चा परिचर्चा छ । अहिले विश्व राजनीति नै ओझेल पारेको छ । मिडिया र समाजिक सञ्जालमा आएका कोरोना भाइरसका अनेक थ्योरी तथा अड्कलबाजीका कारण नेपाली जनमानसमा पनि उत्तिकै डर तथा त्रास बढेको छ । तर, नेपाल सरकार तथा सम्बन्धित निकायले जनमानसमा फैलिएको डरत्रास न्यूनीकरण गर्न कुनै ठोस कार्यक्रम ल्याएको छैन । जनमानसमा कोरोनाको डर यति बढेको छ कि अस्ति एक जना परिचित शिक्षकले एक जना चाइनिजजस्तो देखिने मानिसनजिकै भेटिएपछि कोरोना स¥यो कि भन्ने त्रासले अस्पताल पुगेका थिए ।
हो, कोरोनाजस्ता भाइरसको महामारीप्रति सचेत हुनु राम्रो कुरा हो । तर, यतिविधि त्राहीमाम हुनु ठीक होइन, यसले अनेक मनोवैज्ञानिक समस्या पैदा गर्न सक्दछ । डर र त्रासले मानिसको शरीरमा कुप्रभाव पार्दछ । इम्युनिटी कमजोर बनाउ“छ । मानिसको इम्युनिटी कमजोर भयो भने साधारण मौसमी फ्लुले (रुघा) पनि ज्यान लिन सक्दछ । हरेक वर्ष विश्वमा १०औं लाख मानिस फ्लुका कारण मर्ने गर्छन् । सबैले बुझ्नुपर्ने कुरा के हो भने यस पृथ्वीमा ३ लाख २० हजार भाइरस छन् । तीमध्ये २ सय १९ प्रकारका भाइरसको पहिचान भएको छ । यी भाइरसले अहिले होइन उहिल्यैदेखि नै मानिसमाथि आक्रमण गरिरहेका छन् । मानिसको शरीरको रोगप्रतिरोध शक्ति (इम्युनिटी)का कारण नै मानिस यस्ता भाइरसको बीचमा पनि बा“चेको छ । त्यसैले, महŒवपूर्ण भाइरसको पहिचान होइन, मानिसको इम्युनिटी हो । मानिसको इम्युनिटी शक्तिशाली भए कुनै भाइरसले पनि मानिसलाई हल्लाउन पनि सक्दैन ।
कोरोना भाइरस
नोभल कोरोना भाइरस कोरोना भाइरसकै एक नया“ प्रजाति हो । यस भाइरस चीनको वुहानमा पहिलोपटक पहिचान गरिएको हो । यसलाई हाल कोरोना भाइरस रोग २०१९ (अर्थात् कोभिड १९) नामकरण गरिएको छ । कोभिड १९ भाइरस एक परिवर्तित स्वरूपको भाइरस हो, जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीस“ग पनि सम्बन्धित मानिएको छ ।
मानिसको इम्युनिटी शक्तिशाली भए कुनै भाइरसले हल्लाउन पनि सक्दैन
कोरोना भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो । तर, यसले मानिसलाई निकै घातक अवस्थामा पु¥याउ“छ र यसबाट मानिसको ज्यान पनि जान सक्छ । यो भाइरस चिसोको कारण लाग्दछ । यसले मानिसको नाक र घा“टीमा आक्रमण गर्छ । तर, सबै कोरोना भाइरस खतरानक हु“दैनन् । सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो । सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स)बाट करिब ८ सय ५८ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो । यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो । अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९, एनसीओभी) हो ।
भाइरसका लक्षण
कोरोना भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरू देखा पर्छन् । रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घा“टी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महसुस हुनु यस भाइरसको लक्षण हो । यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ । अत्यन्तै सघन संक्रमण भएको अवस्थामा बिरामीको मृत्युसमेत हुन सक्दछ, जुन हालसम्म निकै न्यून रहेको छ ।
कोभिड १९ का लक्षणहरू इन्फ्लुएन्जा (फ्लु) वा सामान्य रुघाखोकीका लक्षणहरूजस्तै देखिने हुनाले कोभिड १९ को संक्रमण भएको हो वा होइन भनेर निक्र्योल गर्नका लागि स्वास्थ्य परीक्षण नै गर्नुपर्ने हुन्छ ।
कोरोनाको फैलावट
कोरोना संक्रमित व्यक्तिस“ग प्रत्यक्ष सम्पर्कमा रह“दा तिनबाट (खोक्दा वा हाच्छिउँँ गर्दा) उत्पन्न भएको श्वासप्रश्वासजन्य सूक्ष्म थोपाबाट तथा भाइरसबाट संक्रमित वस्तु छु“दा यो भाइरस सर्ने गर्दछ । कुनै पनि स्थान तथा वस्तुमा कैयौं घण्टासम्म कोरोना भाइरस जीवित रहन सक्दछ । तर, सामान्य जीवाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ । जस्तो कि कोरोना भाइरसले संक्रमित कुनै वस्तु छोइयो भने राम्रोस“ग साबुनपानीले हात धुने हो भने भाइरस मर्छ । यस भाइरसले सबै उमेरका मानिसमा संक्रमण गर्न सक्ने भए तापनि हालसम्म बालबालिकामा कोभिड–१९ को संक्रमण तुलनात्मक रूपमा कमै मात्र पाइएको छ । हालसम्म कोभिड–१९ का कारण मृत्यु भएको संख्या एकदमै न्यून छ, जसमा पहिल्यै देखि स्वास्थ्यसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकहरू पर्दछन् ।
बच्ने उपाय
कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा पहिला सरसफाइमा ध्यान दिनुपर्छ । यस भाइरस शरीरमा प्रवेश गर्ने भनेको नाक, मुख, कान तथा आ“खाबाट हो । त्यसैले, शरीर सफा राख्ने तथा राम्रोस“ग साबुन पानीले हात धुने बानी बसाल्ने । हात धुदा बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्रलगायत हातका सबै भागमा कम्तीमा २० सेकेन्डसम्म राम्रोस“ग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने । यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा ६० प्रतिशत अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्ने । रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्ने । आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाइ भएमा तुरुन्तै स्वास्थ्य सेवा लिने ।
अर्को महŒवपूर्ण कुरा रोग प्रतिरोधक क्षमता बढाउने खालको जीवनशैली अपनाउने । फास्टफुड, जंकफुड तथा बजारिया खानेकुरा होइन कि प्राकृतिक वनस्पतिजन्य खानेकुरा, व्यायाम, सूर्य स्नान, उपवास तथा तनावरहित सकारात्मक सोचबाट नै मानिसको इम्युनिटी शक्तिशाली हुन्छ । हो, अमृता (गिलोय) संसारको नम्बर एक इम्युनिटी बुस्टर हो । तुलसीको पातको रस पनि इम्युनिटी बुस्टर हो । इम्युनिटी बुस्ट गर्न दुई चम्चा अमृताको रस र एक चम्चा तुलसीको पातको रसमा मह मिलाएर चाट्ने वा एक गिलास पानीमा मिसाएर खाने । लसुन, अदुवा र प्याजको रस एक चम्चा एक गिलास तातो पानीमा घोलेर बिस्तारै चियाझैं पिउने हो भने शरीरमा प्रवेश गरेका भाइरस मर्ने कतिपय आयुर्वेद विशेषज्ञको दाबी छ । कारोना भाइरस २७ डिग्रीभन्दा माथिको तापक्रममा बा“च्न नसक्ने हुनाले तातो पानीको सेवन पनि उत्तिकै राम्रो हुन्छ ।
एक होमियोप्याथी औषधि छ, आर्सेनिक एल्बम ३० । यसको लक्षणसँग कोभिड–१९ मिल्दोजुल्दो छ । यस औषधि कोभिड–१९ को रोकथाम र उपचारमा निकै प्रभावकारी रहने दाबी भारतका होमियोप्याथी विशेषज्ञको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आर्सेनिक एल्बम ३० को दुईदुई थोपा वा चार÷चार गोली दिनको एकपटक तीन दिनसम्म सेवन गर्नुपर्दछ । तर, यस सम्बन्धमा कुनै वैज्ञानिक प्रमाण भने छैन । तर, होमियोप्याथी औषधिले सूक्ष्मस्तरमा काम गर्ने कुराचाहिँ सत्य हो ।
मास्क आवश्यक छैन
अहिले नेपाली बजारमा पनि मास्क तथा सेनिटाइजरको हाहाकार छ । तर, कोरोनाको संक्रमणबाट मास्क तथा सेनिटाइजरको कुनै आवश्यकता छैन । यदि श्वासप्रश्वाससम्बन्धी समस्याको लक्षण देखिएको छ भने मात्र आफ्नो संक्रमण अरूलाई नसरोस् भनी मास्कको प्रयोग गर्ने हो अन्यथा कुनै लक्षण नदेखिएको अवस्थामा मास्कको प्रयोग आवश्यक छैन । मास्क लगाइएको छ भने त्यसको प्रभावकारिता बढाउन तथा भाइरसको थप संक्रमणबाट जोगिन उपयुक्त तवरले प्रयोग गर्न र प्रयोगपश्चात् व्यवस्थित रूपमा फ्याक्न जरुरी हुन्छ । मास्कको प्रयोग मात्रले संक्रमण रोक्न सम्भव नहुने भएकाले अन्य उपाय पनि अपनाउन जरुरी हुन्छ । जस्तै ः नियमित रूपमा साबुन लगाएर हात धुने, खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुख छोप्ने, रुघाखोकी वा फ्लुका लक्षणहरू (ज्वरो, हाच्छिउँ र खोकी) देखिएका व्यक्तिबाट टाढै बस्ने । हात धुनका लागि साबुनपानी वा ह्यान्डवास प्रयोग गर्ने ।
अहिले कोरोनाले संसारलाई आतंकित बनाएको छ । हेर्दाहेर्दै कारोना भाइरसको संक्रमणले नया“ रोग कोभिड–१९ जन्माएको छ । यस रोगका सम्बन्धमा अनेक थ्योरी तथा अड्कलबाजी भइरहेका छन् । कसैले कोरोना चीनले बनाएको जैविक हतियार हो भन्दै छन् त कसैले अमेरिका चाल हो भन्दै छन् । कसैले अमेरिका र चीनको मिलिभगत भन्दै छन् । कोरोना भाइरस जनावरबाट फैलिएको होस् वा ल्याबमा बनाइएको होस् । कोरोना भाइरस जसरी फैलिए तापनि कोभिड–१९ जन्माउनमा विश्वका मेडिकल माफियाको ठूलो हात छ । त्यसैले त कोभिड–१९ को नाममा संसारलाई डर र त्रास देखाएर लुट्न मेडिकल माफिया लागिसकेका छन् । अब छिट्टै कोभिड–१९ को खोप तथा औषधि बजारमा आउनेछ । त्यसैले, सचेत होऔं । तर, कोरानास“ग नडराऔं । चिन्ता, डर र त्रासलाई कोरोनाले मात्र होइन, हरेक रोगले हेप्छ ।






