गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो हुने

पोखरा । गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, लामाचौर पोखरामा ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ आयोजना हुने भएको छ । विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ÷सूचना प्रविधि’bout सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले २५ र २६ जेठमा सूचना प्रविधि प्रदर्शनी आयोजना हुन लागेको हो ।

एक्स्पोका अध्यक्ष राजन अर्यालले सूचना प्रविधिको मेलामा सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस तथा विविध खेलका प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने जनाए ।

सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीको आयोजनामा सञ्चालन हुने एक्स्पो पूर्व सन्ध्यामा आयोजित हाजिरीजवाफमा भाग लिएकोमा एसओएस गण्डकी प्रथम भएको कलेज प्रमुख वीरेन्द्र खड्काले बताए ।

नेपालकै पहिलो सामुदायिक सफ्टवयर इन्जिनियरिङ कलेजको रुपमा स्थापित गण्डकीमा हाल स्नातक तहमा सफ्टवयर इन्जिनियरिङ साथै कम्प्युटर इन्जिनियरिङ र स्नातकोत्तर तहमा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

नागढुंगा चेकपोस्टमा सवारी होल्ड (फोटोफिचर)