काठमाडौं । भक्तपुरका पुरातन नृत्यहरुको प्रवर्धनमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा – प्रतिष्ठान नृत्य बिभाग लागेको छ । सो विभागको आयोजनामा भक्तपुरमा मुकुन्डो नृत्य प्रस्तुति २०८० आयोजना गरिएको छ । परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा त्यहाँको मुकुन्डो नृत्य प्रस्तुत गरियो ।
सो कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय सचिव ऋषिकेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै भक्तपुरका नृत्य’bout जानकारी गराएका थिए । स्वाग नृत्य स्वरुप कुमारी नृत्यबाट कार्यक्रम सुरु भएको थियो । समारोहमा स्थानीय कलाकारद्धारा भक्तपुरमा रहेका महाकाली, भुत भैरव , नागचा प्याख , माक प्याख , महालक्ष्मी नृत्य जस्ता मुकुण्डो नृत्यहरु प्रस्तुत गरिएको छ । समारोहमा करिब दुई घन्टासम्म यी नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सो नाचको उद्घाटन गर्दै बागमती प्रदेश कृषि तथा पशुपन्क्षी मन्त्रालयका मन्त्री डा . राजेन्द्रमान श्रेष्ठले यस्ता नृत्यहरुलाई सँरक्षणसँगै प्रवर्धन गर्नु पर्ने सुझाब दिए । उनले सदियौंदेखि प्रस्तुत हुँदै आएका यस्ता नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने पनि उनले बताए ।
मध्यपुर थिमी नगर पालिकाका उप–मेयर बिजयकृष्ण श्रेष्ठ , नृत्यशास्त्री सस्कृतिकर्मी भैरवबहादुर थापा, श्रीगोपाल प्रजापति, मध्यपुर थिमी ४ नम्बर वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ ,नृत्य निर्देशक संघ नेपाल केन्द्रीय समितिका महासचिव नृपध्वज खत्री, उपाध्यक्ष प्रदिपमान श्रेष्ठले मुकुन्डो नृत्य’bout कार्यक्रममा आफ्नो भनाई राखे ।
सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टीका पुन, प्राज्ञ हिसन बहादुर मगरले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै प्राज्ञ बखत बहादुर हमाल ले मुकुन्डो नृत्य ’bout बोल्दै परम्परागत रुपमा गरिदै आएका नृत्यहरु मनोरञ्जन वा अनुष्ठानविधी पुर्वक गरिने बताए । यस्ता धेरै नृत्यहरुको पुस्तान्तरण सङ्गै अभिलेखिकरण गरि हाम्रा भौतिक तथा अभौतिक सम्पदाहरुको संरक्षण र गर्नु यस्तो कार्यक्रमलाई निरन्तता दिने बताए । त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी प्रतिष्ठान जनता सङ्ग जोडिन् सुरु गरेको पनि उनले बताए । सो कार्यक्रमको ब्यबस्थापन भक्तपुर जिल्ला नृत्य निर्देशक संघ नेपालले गरेको थियो भने कार्यक्रमको सहजीकरण प्राज्ञ शान्ति कठायतले गरेकी थिइन् ।







