सभापति देउवा र आरजु सिंगापुरमा छुट्टाछुट्टै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पुर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् ।

श्रीमती आरजु राणा भने सोमवार नै सिंगापुर पुगेको उनका सचिवालय सदस्य भानु देउवाले जानकारी दिएका छन् । सिंगापुरमा पुर्व तयारीका लागि श्रीमती देउवा भने पहिला नै पुगेकी हुन । 

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखापरेपछि उनी तीन बर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए । उनी एक सातापछि स्वदेश फर्किन छन् ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना