समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। सो निर्णय शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए। उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे।

उनले भने, ‘समाजवादी मोर्चाको चर्चा सबभन्दा बढी छ। यो मोर्चा गठन गर्ने ’boutमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौँ। यस मोर्चालाई चाँडोभन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुने कुरा सर्वसम्मतिले घोषणा गरेका छौँ।’

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीको बीमा दाबी २६ अर्ब रुपैयाँ, भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन