सिन्धुपाल्चोक । मादक पदार्थ सेवान गर्ने युवाहरुको समुहले प्रहरी चौकी तिपेनीमा आक्रमण गर्दा चौकी इञ्चार्ज असइ गम्भीर घाइते भएका छन् । अर्का एक प्रहरी हवल्दार घाइते भएका छन् ।
गएराति १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समुहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए । ढुङामुडा गर्दा चौकीका इञ्चार्ज सन्तोष कुमार झा गम्भीर घाइते भएका छन् । उनको केन्द्रीय प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । त्यस्तै आक्रणबाट प्रहरी हवल्दार हरिबहादुर मगर समेत घाइते भएका छन् ।
मेलम्ची नगरपालिका–९ ज्यामिरे सुनखानीबाट आएका १०/१२ जनाको युवाहरुको समुहले प्रहरी चौकी तिपेनी नजिकै मादक पदार्थ सेवान गरेर राती होहल्ला र अपशब्द प्रयोग गरेपछि डिउटीमा रहेका प्रहरीले हरुले त्यसो नगर्न सम्झाएका थिए ।
प्रहरीले सम्झाउने क्रममा युवाहरुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्जवल महर्जनले जानकारी दिए । थोरै संख्इामा रहेका प्रहरी चौकीका प्रहरीमाथी रातको समयमा चारैतर्फबाट ढुङामुढा गरेर युवाहरुले आक्रमण गरेको महर्जनले जानकारी दिए । प्रहरीले आत्मरक्षाको लागि चार राउण्ड हवाइ फायर गरेको थियो ।
आक्रमणमा संलग्नमध्ये मेलम्ची नगरपालिका–९ ज्यामिरेका सोम तामाङलाई नियन्त्रणमा लिएको छ । अन्य भने फरार रहेको र सबैको पहिचान भइसकेको प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीले प्रयोग गरेको चार थान मोटरसाइकाल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।