भ्रष्टाचारविरुद्ध अनुसन्धान रोकिँदैन : प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सरकार दृढ रहेको बताएका छन् । उनले नक्कली शरणार्थी प्रकरण, ललिता निवास काण्डलगायत भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने पनि स्पष्ट पारे ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले शनिबार दिउँसो पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ ।’

यसैगरी उनले आफू नेतृत्वको वर्तमान सरकार कसैले ढाल्न नसक्ने पनि दाबी गरे । संसदमा आगामी आवको बजेट पास होला वा नहोलो भन्ने संशय विनियोजन विधेयक पारित सँगै अन्त्य भएको बताए ।

पोखरामा शुक्रबार आयोजित अन्तरप्रदेश मुख्यमन्त्रीहरुको बैठक उद्घाटनका लागि प्रचण्ड यहाँ आएका थिए । उनकै अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद बैठक पनि पोखरामा पहिलो पल्ट शनिबार बैठक बसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी