सलमाको बिकिनी फोटोसुट देखेर फ्यानहरू हैरान

लस एन्जलस । हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्विर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरुको होश नै हरायो ।

सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् । यो बोल्ड बिकिनी तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्- ‘ह्याप्पी नेशनल बिकिनी दिवस..तपाईलाई बिकिनी ७७ वर्ष पहिले आएको थियो भन्ने विश्वास गर्नुहुनेछ।’

यो पहिलो पटक नभएपनि यसअघि पनि धेरै पटक बिकिनी लुकमा अभिनेत्रीले फ्यानको मन जितिसकेकी छिन् । यी बिकिनी तस्विरहरूमा, अभिनेत्रीले बिना कुनै हिचकिचाहट आफ्नो परफेक्ट फिगर देखाउँछिन्। यो उमेरमा उनलाई यति फिट देखेर फ्यानहरुले उनको तारिफ पनि गरिरहेका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् । अभिनयका अलावा सलमाले सामाजिक सञ्जालमा पनि आफ्नो सुन्दरताको चर्चा गरिरहेकी छिन् । जहाँ उनलाई २५ करोडभन्दा बढी मानिसले फलो गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी