सेयर बजार २५.३१ अंकले बढ्याे

काठमाडौ । केही दिनको साइडवेज प्रवृत्तिपछि नेप्सेले बुधबार फेरि गति लिएको छ । यस दिन नेप्से सूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा आएको छ । ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ । 

असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ । 

यस्तै, सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ । यस दिन २८९ कम्पनीको ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?