अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा आइपुगेका छन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने दूतावासले जनाएको छ ।

यसका साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने जनाइएको छ । साथै उनले नेपालीहरूलाई विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका ’boutमा पनि बुझ्ने छन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार