तराईमा सर्पदंशका बिरामी बढे

कपिलवस्तु । वर्षायाम सुरु भए संगै तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन्। सर्पदंशका विरामी बढे संगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा विरामीहरु आउने गरेका छन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नं वडामा अवस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामीको संख्या बढ्न थालेका छन । जेठ र असारमा मात्र २५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ । विशेषगरि गर्मि र वर्षाको समय सुरु भए संगै सर्पहरु जनिम भित्रको तापमान सहन नसकेर वाहिरी सतहमा आउने गर्दछन। सोहि समयमा सर्पदंशका विरामी बढी मात्रामा देखा पर्दछन ।

यसरी सर्पहरु देखा परि सुरक्षित स्थान तर्फ प्रवेश गर्ने भएकाले मानिस लगायत अन्यलाई पनि डस्ने गर्दछ। सर्पले टोकेर उपचार गर्न आएका बिरामीले केन्द्रमा सहज तरिकाले उपचार हुने बताएका छन। जेठ र असारमा मात्र २ सय ५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

यस उपचार केन्द्रमा वैशाख जेठ असार साउन र भदौ महिनामा बढी मात्रामा सर्पदंशका विरामी आउने गरेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नविन भण्डारीले बताए । सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ्ग, रोल्पा, रुकुम र छिमेकि देश भारत बाट समेत उपचार गर्न आउने व्यवस्थापक भण्डारीले बताए ।

शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोग र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा रहेको छ। यता बुद्धभूमि नगरपालिकाले सर्पले टोकेका कुनै पनि विरामीको अकालमै ज्यान जान नपरोस भनेर वर्षेनी आर्थिक सहायोग गर्दै आएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । यस सर्पदंशले संचालनमा आएको डेड दर्शकमा करिब १२ हजार बढीले उपचार पाई सकेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित