अमेरिकामा सुत्केरीलाई तेल लगाउन जानेको कथामा फिल्म

काठमाडौं । अमेरिकामा रहेकी नेपालीहरुले सुत्केरी स्याहार्नको लागि आफ्नो बुबा आमा तथा सासु ससुरा बोलाउने चलन छ । यसरी सुत्केरी स्याहार्न जानेहरुलाई तेल भिसामा अमेरिका गएको बताईन्छ । तेल भिसामा अमेरिका गएकाहरु केही महिना बसेर आफ्नो छोरी तथा बुहारीसँगै नाती नातिना स्याहारेर नेपाल फर्कने गर्छन ।

यसरी सुत्केरी स्याहार्न जानेहरुको कथा अब नेपाली चलचित्रमा हेर्न पाईने भएको छ । यही कथामा चलचित्र निर्माणको घोषणा गरेको शँकर घिमिरेले चलचित्रको नाम नै ‘तेल भिसा’ राखेका छन् ।

चलचित्रको मुख्य अभिनेतामा उनले विपिन कार्कीलाई अनुबन्धित गरेका छन् । बिगत एक दशक भन्दा लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक घिमिरे यही चलचित्र निर्माणको लागि यतिबेला काठमाडौंमा छन् । यो चलचित्रको लागि बिपिनले कात्तिकमा मात्र समय दिएपछि अब आफ्नो चलचित्र कात्तिकबाट सुरु हुने निर्देशक घिमिरेले बताएका छन् ।

निर्देशक घिमिरेका अनुसार यो चलचित्रमा विपिनको दोहोरो भूमिका हुनेछ । आईतबार उनले विपिनलाई यो फिल्ममा अनुबन्धित गरे । बाँकी कलाकारको चयन पनि चाँडै हुने उनले बताएका छन् । निर्देशक घिमिरेकी पत्नी ऋचा घिमिरे नेपाली चलचित्रकी नायिका हुन् । उनी पनि यो फिल्ममा मुख्य भूमिकामा हुन सक्छिन् । तर निर्देशक शँकरले पत्नीको ’boutमा बताएका छैनन् ।

चलचित्र बीषबाट निर्देशन यात्रा सुरु गरेका शँकरले त्यसपछि वीरताको चिनो, ब्रेकफेल, तुलसीलगायतका चलचित्र निर्देशन गरेका थिए । १२ वर्ष अघि सुरुमा क्यानडा गएका उनी क्यानडाबाटै पत्नी एवम् अभिनेत्री ऋचासँग अमेरिका गए । त्यसपछि अमेरिका बस्दै आएका उनी बल्ल चलचित्र निर्देशनमा फर्किएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३