१५ शय्याको आधारभूत अस्पताल निर्माण

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा १५ शøयाको आधारभूत अस्पताल निर्माण गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाले पहिलोपटक आधारभूत अस्पताल निर्माण पहिलो चरणमा निर्माण सम्पन्न गरेको नगरप्रमुख झविलाल थापाले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण खरिदका लागि नगरपालिकाको आर्थिक स्रोतले भेट्न नसक्ने भएकाले केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर सञ्चालन गर्ने नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रममा नगरप्रमुख थापाले बताए ।

एक वर्षको अवधिमा १ सय ८० घरमा खरको छाना विस्तापित गरी सुरक्षित आवासका लागि टिन वितरण गरिएको उनको भनाइ छ । नगरभित्र नौ किलोमिटर सडक पिच गरिएको छ र १० वटै वडामा वडा कार्यालय पनि बनिसकेको उनको भनाइ छ ।

सम्पूर्ण वडाका वडा सचिवले प्रस्तुत गरेको विवरणअनुसार एक वर्षमा नगरपालिकाबाट करिब ८ सयको संख्यामा बसाइसराइ भएको छ । यो विषय निकै चुनौतीपूर्ण भएकाले अब नगरपालिका यसको रोकथामका लागि केही भए पनि रोजगारमूलक कार्यक्रम ल्याउने तयारीमा भएको नगरप्रमुख थापाको बताए । नगरपालिकाले रोजगारी सिर्जना गर्न आवश्यताका आधारमा भौतिक काममा पनि युवालाई परिचालन गर्ने नगरप्रमुख थापाको भनाइ छ ।

आर्थिक वर्ष २०७९–८० मा ९० दशमलव ४५ प्रतिशत वित्तीय प्रगति भएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले बताए । यस्तै, भौतिक प्रगति ९४ दशमलव १९ प्रतिशत भएको उनको भनाइ छ ।

नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि सेङलेङ, पोखेडाँडा, दुर्वाङलगायतका पर्यटकीयस्थलको विकासका लागि डिपिआर तयार पारेको उपप्रमुख बालकृष्ण बन्जाडेले बताए । बाँझो जमिन सदुपयोग गरेर नगरपालिकाको पहलमा विभिन्न किसिमका तरकारी बाली लगाएर रोजगारी सिर्जनामा लाग्नेसमेत उपप्रमुख बन्जाडेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

हेलिकप्टरमा गाउँ पुर्‍याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिर)