पुरुषलाई महिला बनाएर नागरिकता

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले नागरिकता वितरणको क्रममा पुरुषलाई महिला बनाएर वितरण गरेको पाइएको छ । मालारानी गाउँपालिका–८ का कमलप्रसाद अधिकारीको नागरिकतामा यस्तो बनाएको पाइएको हो ।

गत आर्थिक वर्षको २१ चैतमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेकामा बिहीबार मात्र कामले थाहा पाएको अधिकारीले बताए ।

कमलप्रसाद अधिकारीकी श्रीमती उषा आचार्य (अधिकारी) मंगलबार विशेष कामले सन्धिखर्क आएको समयमा श्रीमतीले नागरिकता पठाउन भनेको र सोही क्रममा यस्तो भेटिएको उनको भनाइ छ ।

‘खेतबारीमा काम गर्ने किसानका छोरा हुँ, नागरिकता प्रशासनले जस्तो दियो त्यस्तै लगेर घर गएको थिएँ, यस्तो होला भनेर कल्पनासमेत गरेको थिइनँ,’ उनले भने ।

नागरिकतामा प्रशासकीय अधिकृत सरोज भुसालको हस्ताक्षर रहेको छ । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा जलेर नागरिकता नष्ट भएपछि पुराना नागरिकतालाई मान्यता नदिँदा यहाँ नयाँ बनाउने क्रम अहिलेसम्म जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीदरवार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थापा निर्वाचित