गुणस्तर स्वास्थ्यका लागि स्तनपानको महत्व

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्यसेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हककारूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्यसेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ ।

सन्दर्भ : विश्व स्तनपान सप्ताह प्रारम्भ, अगस्ट १–७ सम्म

स्वास्थ्यसेवामा कार्यान्वयन भएका विभिन्न कार्यक्रमको फलस्वपरूप प्रतिहजार जीवित जन्ममा शिशु मृत्युदर ३२, नवजात शिशुु मृत्युदर २१ र पाँच वर्षमुनिको बाल मृत्युुदर ३९ तथा मातृ मृत्युदर २३९ (प्रतिलाख जीवित जन्ममा)मा झरेको छ भने कुल प्रजनन दर २ लशमलव ३ प्रति महिला रहेको छ । त्यसैगरी पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना घटेर ३६ प्रतिशत रहेको छ । यस परिप्रेक्षमा नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारका विद्यमान नीति एवं स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । १५आंै योजनामा स्वास्थ्यसेवालाई जनताको घरदैलोमा पु¥याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।

१५औं योजनाको सफल कार्यान्वयन पछि, स्वस्थ, सवल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्षमुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्षमुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्नेछन् । स्वास्थ्य बिमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी ८ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहँुच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चारपटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्णखोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।

विशेषतः यस लेखमा स्तनपानको महŒव’bout संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । मुख्यतः शिशुलाई आमाको दुध चुसाउनु नै स्तनपान हो । स्तनपानलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ः प्रारम्भिक र पूर्ण स्तनपान । शिशु जन्मेको १ घण्टाभित्र आमाको दुध खुवाउन प्रारम्भ गर्नु नै प्रारम्भिक स्तनपान हो । यसले गर्दा शिशुले दुध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट बचाउँछ । बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेंलो प्रकारको बिगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता हुने भएकाले बच्चाको स्वास्थ्य गुणस्तरीय हुन्छ । दोस्रो पूर्ण स्तनपान ः शिशु जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो । शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तŒवसमेत आमाको दुधमा नै प्राप्त हुने भएकाले कुनै किसिमको रोगले आक्रमण नगरी शिशुको स्वास्थ्य स्वस्थकर हुन मद्दत पुग्छ ।

स्तनपानले शिशुको शारीरिक र मानसिक विकासका लागि मद्दत पुग्छ । प्रारम्भिक तथा पूर्ण स्तनपान गराउँदा बच्चाको बौद्धिक क्षमता तृष्ण हुने गर्दछ । संक्रमित रोगबाट बची आमा तथा बच्चाको स्वास्थ्य सवल हुन्छ । दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउनसमेत स्तनपानको भूमिका महŒवपूर्ण रहन्छ । बच्चा छ महिना पुग्नासाथ आमाको दुधका साथसाथै पोषिलो तथा आवश्यकताअनुसार थप पोषणतŒव खुवाउन पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपानलाई निरन्तरता दिनु लाभदायक हुन्छ ।

यसै सन्दर्भमा विश्व स्तनपान सप्ताह अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष मनाइन्छ । सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउन सुरु भएकोमा विभिन्न तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशले आयोजना गरी मनाउने गर्छन् । विश्व स्वास्थ्य संगठन, युनिसेफ आदि संस्थाले विश्व स्तनपान सप्ताहलाई अभियानकै रूपमा विश्वभरि मनाउने गर्दछन् । जीवनको पहिलो छ महिनाका लागि पूर्ण स्तनपानलाई महŒव दिने लक्ष्यसाथ साताव्यापी उत्सवका रूपमा बाबुआमाबिच जागरुकता पैदा गरी संसारभरका शिशुको गुणस्तर स्वास्थ कायम गर्नु यसको मुख्य उद्देश्य भएको पाइन्छ । सन् २०२३ को स्तनपान सप्ताहको नाराले जागिरे या काम गर्ने दम्पतीलाई ध्यानमा राख्दै स्तनपान र काममा जानुपर्ने आमाबुबा बिचको अफ्ठयारोलाई कम गर्न ध्यान दिएको छ ।

नेपालको सन्दर्भमा स्तनपानसम्बन्धी कानुनी व्यवस्थाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ को परिच्छेद–३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपात प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन तलबी बिदा र आवश्यकता परेमा डाक्टरको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलवी बिदा पाउने अधिकारको व्यवस्था पनि गरेको छ । यो सकारात्मक पक्ष हो । यसै सन्दर्भमा सबै प्रकारको सरकारी, गैरसरकारी र निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउन आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था पनि गरेको पाइन्छ । हरेक कार्यालय, विद्यालय, बसपार्क, हवाइअड्डा आदिमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने र स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा लिइन्छ ।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पूर्ण स्तनपान दर घटेको तथ्यांक सार्वजानिक गरेको पाइन्छ । सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार सन् १९९६ मा प्रतिमहिला ७५ प्रतिशतले पूर्ण स्तनपान गराउँथे भने हाल घटेर ५६ प्रतिशत पुगेको उक्त तथ्यांकले देखाएको छ । सोही तथ्यांकले स्तनपानका साथै प्रजनन दर आधाले घटेको पाइन्छ । सर्वेक्षणले नेपालमा प्रजनन दर आधाले घटेर २÷१ मा झरेको देखाएको छ । सन् १९९६ मा प्रतिमहिला ४÷६ बच्चा जन्माउँथे । नेपालमा औसतमा दुई सन्तान हुने गरेका छन् । मुख्यतः बच्चालाई स्तनपान गराउँदा सुन्दरता घट्छ वा स्तनपानभन्दा प्याकेटका दुध नै राम्रो भन्ने कुतर्क अझै पनि समाजमा कमी छैनन् । यसका अलावा कामकाजी आमा र स्तनपानमैत्री संरचना नहुनु पनि स्तनपान दरको कारक तŒव हो ।

अतः सुरक्षित स्तनपान सबै शिशुको नैसर्गिक अधिकार हो । यसबाट नै शिशुको स्वास्थ्य गुणस्तर हुन्छ । सोका लागि संघीय सरकार, प्रदेश सरकारले स्थानीय सरकारलाई स्तनपानको सवलीकरणका लागि आवश्यक मद्दत गर्नुपर्छ । सोका लागि स्थानीय तहअन्तर्गत महिला स्वयंसेविका, स्वास्थ्य संस्था, शैक्षिक संस्था, आमा समूह, राष्ट्रिय गैरसरकारी संस्था तथा विभिन्न क्लब आदिको क्षमता विकास गरी शिशुलाई स्तनपान गराउँदा शिशु तथा आमाको स्वास्थ्य हुने फाइदा’bout सचेतना अभिवृद्धि गराउन क्रियाशील बनाउनुपर्दछ । तब मात्र साताव्यापी विश्व स्तनपान सप्ताहले सार्थकता पाउनेछ ।
लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँ मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै