राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । 

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो । 

बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार शुक्रबार  बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर नियमित कार्यालयको काम गर्ने, साउन ३१ गते कालो पट्टी बाँधे १ घण्टा, साउन ३२ गते र भदौ १ गते दिन कालो पट्टी बाँधेर २ घण्टा पेन डाउन गरी विरोध जनाउने संघर्षका कार्यक्रम छन् । 

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्ति :

यस राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत् रहेका कर्मचारीहरुको लामो समय सम्म बढुवा नभई संस्थागत रुपमा नै ठुलो समस्या श्रृजना भई खेलाडी, प्रशिक्षकहरु समेत पलायन भईरहेको अवस्थामा कर्मचारी संघको पहलमा परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवा शर्त नियमावली २०६८ को दोश्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १(क) मा भएको व्यवस्था वमोजिम कर्मचारीहरुको बढुवा प्रक्रिया अगाडी बढाई सुचना प्रकाशित समेत गरी परिषद अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत् रहेका कर्मचारी हरुमध्ये नियमानुसार सम्भावित कर्मचारीहरुले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्विकृत दरखास्त फारम भरी बुझाईसकिएको र पदपूर्ति समितिले पनि बिद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरु ९९ प्रतिशतभन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय’ गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारीस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहीत स्वार्थ बोकेका कर्मचारीहरुले राष्ट्रिय खेलकुद परिषद् प्रति रहेको असहयोगका कारणले माननीय युवा तथा खेलकुद मन्त्री युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवज्यू बाट भएको ऐतिहासिक र सकारात्मक कार्यले समेत सार्थक परिणाम पाउन नसकिरहेको कारणले यस कर्मचारीसंघले माननीय युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिवज्यू परिषद्का उपाध्यक्ष लगायत परिषद्का सदस्य सचिवज्यू लाई ३ दिनको समयसिमा दिई ज्ञापन पत्र बुझाएको व्यहोरा पत्रकार मित्रहरुमा जानकारी गराउदै उक्त ज्ञापन पत्रको माग अनुसारको सकारात्मक सम्वोधन सम्वन्धित पक्षबाट नआएकोले यो प्रक्रिया लाई छिटो भन्दा छिटो सार्थक परिणाममा पु–याउनका लागि यस कर्मचारीसंघको निर्णय अनुसार मिति २०८० श्रावण २६ गते शुक्रवारका दिनदेखि देहायका प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरी चरणबद्व आन्दोलनमा उत्रने व्यहोरा पत्रकारमित्रहरुमा जानकारीका लागि अनुरोध छ ।

संघर्षका कार्यक्रमहरु

१) २०८० श्रावण २६ गते शुक्रवारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोण सभा कार्यक्रमको आयोजन गर्ने ।

२) २०८० श्रावण २८ देखि ३० गते सम्म कालो पट्टि बाँधि नियमित कार्यालयको काम गर्ने ।

३) २०८० श्रावण ३१ गते बुधवारका दिन कालो पट्टि बाँधि १ घण्टा, श्रावण ३२ गते बिहिवारका दिन र भाद्र १ गते शुक्रवारका दिन कालो पट्टि बाँधि २ घण्टा पेन डाउनगरी बिरोध जनाउने ।

अन्तमा हाम्रो निमन्त्रणालाई स्विकार गरी उपस्थित भईदिनु भएका पत्रकार मित्रहरुमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ धन्यवाद् दिदै यहाँहरुको संचार माध्यम मार्फत सरोकारवाला सम्बन्धित सबैपक्षहरुलाई आवश्यक सहयोग र समन्वयका लागि ध्यानाकर्षण गराईदिन हुन अनुरोध गर्दछु ।
धन्यवाद ।

सरस्वती केसी (भण्डारी)
अध्यक्ष
 

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो