वैयक्तिक गोपनीयताको ख्याल गर

आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरणका लागि दूरसञ्चार सेवामा टेरामक्स प्रविधि भित्र्याउने सरकारी सोच र प्रयासको विरोध हुन थालेपछि यस प्रविधिको प्रयोगका ’boutमा विवाद चुलिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवालाई भरपर्दो, विश्वासिलो र गुणस्तरीय बनाउन टेरामक्स प्रविधि ल्याउन लागिएको भने पनि व्यक्तिको फोन कल, एसएमएसलगायत गोप्य विवरण रेकर्ड गर्नसक्ने भएकाले यस प्रविधिप्रति सर्वसाधारणमा समेत आशंका पैदा हुनगएको छ । त्यसैले, यो कुनै न कुनै सरकारी प्रयोजनका लागि ल्याउन लागिएको र यसले संविधानप्रदत्त अधिकारलाई कुण्ठित गर्ने र सरकार तथा सरकारी निकायलाई निरंकुशताको अभ्यास गर्न लगाउने सर्वसाधारणको मत रहेको छ । यस प्रविधिका ’boutमा उठेको सुरुको बहस भने यो होइन । दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकलाई लागू गर्न भनेर यसअघि पनि पटकपटक निर्देशन जारी गरिसकेको हो । तथापि, विरोध र असहमतिका बाबजुद प्राधिकरणले अहिले केही बढी जोडबल गरिरहेको छ । टेरामक्स प्रविधिले कल बाइपासको विवरण पत्ता लगाउनसक्ने भएकाले पनि यो सुविधायुक्त भएको प्राधिकरणको दाबी छ ।

तर पनि आमजनसमुदाय यस प्रविधिका ’boutमा स्पष्ट नभएकाले यसलाई स्वीकार गरिहाल्न भने तयार छैनन् । विविध पक्ष र कोणका हिसाबले यस प्रविधिको विरोध निरन्तर भई नै रहेको छ । उता, आर्थिक वर्ष २०७४÷०७५ बाट २०८९ को अवधिमा मुलुकभर सेवाप्रदायकका ग्राहक संख्या झन्डै दोब्बर हुँदासमेत कल बाइपासका कारण आम्दानीमा झन उल्टै २१ अर्बले कमी हुनआएकाले प्राधिकरणले यो प्रविधि भिœयाउन पहल गरिरहेको दाबी गरेको छ । जनसाधारणले जिकिर गरिरहेका ‘कल ट्यापिङ’ र ‘एसएमएस’ हेर्न सकिने र वैयक्तिक गोपनीयता नरहने भनिएको यस प्रविधिमा प्राधिकरणले त्यसो नहुने र त्यो कुरा भ्रम मात्र रहेको भनिरहेको छ । विवाद उठिसकेपछि ग्राहकहरूमा पर्नगएको भ्रम निर्मूल पार्न प्राधिकरणले यस प्रविधिका ’boutमा बुझेर मात्र निष्कर्ष निकाल्न आफूहरू लागिपरेको कुरा सार्वजनिक गरे पनि यस प्रविधिका ’boutमा आमजनतामा विश्वास भने जागृत हुनसकेको देखिँदैन । प्रविधिले रिसिभ गर्ने भ्वाइस तथा एसएमएसको सिग्नलमा ‘आरटिपी प्रोटोकल ट्याग्ड’ गरेको हुँदा एसएमएसको कन्टेन्ट रिड गर्न नसक्ने र यस प्रविधिले अपरेटरको मिडिया फाइल एक्सेस नगर्ने हुँदा भ्वाइस ट्यापिङ हुन नसक्ने पनि प्राधिकरणले सार्वजनिक गरिरहेको छ ।

मानिसको वैयक्तिक स्वतन्त्रता पछिल्लो समयमा आएर सबैभन्दा ठुलो र सबैले चाहेको सम्पत्तिका रूपमा रहेको छ । मानिस सबै कुरामा खर्च गर्न तयार छ । तर, उसको वैयक्तिक स्वतन्त्रताको रक्षा उसका लागि सबैभन्दा ठुलो खातिरदारीको प्रश्न रहेको छ । नेपालमा भर्खरै मात्र गणतन्त्रात्मक प्रजातन्त्र आएको र सर्वसाधारणले स्वतन्त्रताको महसुस गरिरहेका बेलामा राज्य वा सरकार फेरि पनि कुनै न कुनै बाहनामा निरंकुश हुने त होइन भन्ने आशंका जनतामा छ । प्रशासनका नाममा होस् वा प्रविधिका नाममा, जनता अबका दिनमा कुनै पनि निगाह र निगरानी मातहत बस्न इच्छुक छैनन् । उनीहरूले बेलाबेलामा र पटकपटक गरी ठुल्ठुला बलिदानी गरिसकेका छन् । सापेक्ष स्वतन्त्रताको महसुस गरिरहेका जनता अबका दिनमा कुनै पनि निरंकुशता र नियन्त्रण मातहत रहन इच्छुक छैनन् । त्यसैले, प्रविधि प्रयोगमा जोड भन्दा पनि नागरिक वैयक्तिक स्वतन्त्रता र गोपनीयताको रक्षामा बढी नै ध्यान देऊ !

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कास्कीमा गठबन्धन टुट्यो