एमालेले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ । यसअघि भदौमा प्रदेश अधिवेशन सक्ने निर्णय गरिएको थियो ।

आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेसँगै असोज महिनाभित्र मात्रै प्रदेश अधिवेशन सकिने भएको छ । एमालेले लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय गरेको छ भने बाकी प्रदेश तथा उपत्यका उपत्यका प्रदेश विशेषको अधिवेशन असोजमा गर्ने निर्णय गरेको छ ।

असोज ५ र ६ मधेस प्रदेश, ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका प्रदेश विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्ने तय भएको छ ।

एमालेको केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनीत
नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो । 

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौंमा बालेन शाहको अग्रता कायमै