सोसिकाले जितिन् ३० हजार रुपैयाँसहित लिटिल आइडल उपाधि

काठमाडौं । ‘प्याब्सन लिटिल आइडल २०२३’ को उपाधि १२ वर्षीया सोशिका बस्नेतले जितेकी छन् । क्याम्ब्रिज पब्लिक हाइस्कुल पुरानो बानेश्वरमा कक्षा ७ मा अध्ययनरत उनले दोस्रो प्रयासमा यो उपाधि जितेकी हुन् । शीर्ष उपाधिसँगै उनले ३० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् ।

प्रतियोगितामा नेसनल ब्लुमिङ फ्लावर एकेडेमी नारायणस्थानमा कक्षा ७ मा अध्ययतरत १३ वर्षीया प्राप्ति कुँवर फस्ट रनरअप हुँदै २० हजार रुपैयाँसहित सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । प्रतियोगितामा क्याम्ब्रिज पब्लिक हाइस्कुलमै कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बेला महर्जन सेकेन्ड रनरअप हुँदै १० हजार रुपैयाँ र सम्बन्धित विद्यालयबाट एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी छन् । त्यसैगरी ज्ञान निकेतन स्कुल शंखमूलकी प्रतिज्ञा पाण्डेले पनि मिस ट्यालेन्टको उपाधिसहित १० हजार रुपैयाँ पुरस्कार र सम्बन्धित विद्यालयमा एक वर्षको छात्रवृत्ति पाएकी छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न यो प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा चारदेखि कक्षा आठसम्मका ६८ जना छात्राहरू थिए ।

जसमा आठ जनाले पब्लिक स्पिकिङ एक्सेलेन्स अवार्ड, पाँच जनाले आर्ट एक्सेलेन्स अवार्ड, तीन जनाले पोयम रिसाइटेसन एक्सेलेन्स अवार्ड, चार जनाले सिङगिङ एक्सेलेन्स अवार्ड, एक जनाले एक्टिङ एक्सेलेन्स अवार्ड, २९ जनाले डान्सिङ एक्सेलेन्स अवार्ड, ६ जनाले हेन्डराइटिङ एक्सेलेन्स अवार्ड प्राप्त गरेका थिए । त्यसैगरी पाँच जनाले सिङगिङ रिकग्निसन रिवार्ड, एक जनाले पब्लिक स्पिकिङ रिकग्निसन रिवार्ड र ६ जनाले डान्सिङ रिकग्निसन रिवार्ड पाएका थिए ।

प्रतियोगितामा बाग्मती बोडिङ स्कुलकी काव्य कुमाल मिस कन्फिडेन्ट, नेक्सस इन्टरनेसनल स्कुलकी सायरा महत मिस पर्सनालिटी, एन्जल हर्ट सेकेन्डरी स्कुलकी दिव्यश्री ढुंगाना मिस लिडरसिप, एन्जल हर्ट सेकेन्डरी स्कुलकै आरोही आलेमगर मिस फोटोजेनिक र इडेनब्रिज एकेडेमीकी आलियाना अलि मिस फ्रेन्डसिप घोषित भए ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राईको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा प्रमुख निर्णायकमा डा. मदन विष्ट थिए ।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितको यो १२औं संस्करण हो । निर्णायक मण्डलमा केन्द्रीय प्याब्सनका कोषाध्यक्ष सन्तोषमणि न्यौपाने, बुद्ध एयरका क्याप्टेन भगवान थापा, नेपाल टेलिभिजनकी पत्रकार अनिता बिन्दु, एभरेस्ट बैंककी ब्रान्च म्यानेजर दीपा बुढाथोकी, मिस मंगोल नेपाल २०२२ पासाङ डोल्मा शेर्पा, डा. आर्यन दाहाल र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजका डेपुटी डारेक्टर शिवहरि अधिकारी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
काठमाडौंमा बालेन शाहको अग्रता कायमै