नवविवाहिता सरस्वती झुण्डिएको अवस्थामा

राजविराज । सप्तरीको खडक नगरपालिका ८ मुसहरनिया निवासी गोविन्द मण्डलकी १९ वर्षिया श्रीमती सरस्वती कुमारी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बुधवार आफ्नै कोठाको दलिनमा साडीको पासो लगाई झुण्डिएको अवस्थामा उनको मृत शरीर फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहले उनको शव पोस्टमार्टमका लागी अस्पताल पठाई थप अनुसन्धान थालिएको जानकारी दिए । नवविवाहिता सरस्वतीले घरायसी विवादका कारण आवेशमा आई आत्महत्याको बाटो रोजेको हुन सक्ने अनुमान स्थानीयले ब्यक्त गरेका छन् ।

केही दिन अघि मात्र गोविन्दसँग वैवाहिक जीवनमा बाँधीएकी सरस्वतीले के कुन कारणले त्यस्तो गरेकी होलान भन्ने विषयमा समेत अनुसन्धान थालिएको प्रहरीको भनाई छ । सरस्वतीका आफन्तले घट्नाको गहिरो अनुसन्धान हुनु पर्न माँग गरेका छन् ।

सप्तरीमा सात दिनमा २ महिलासहित ४ जनाले झुण्डिएर गरे आत्महत्या

पाँच दिन अघि मात्र राजविराज नगरपालिका १ डुमरी शिवथानकी २८ वर्षिया पुष्पा यादव, हनुमाननगर कंकालिनी नगरपालिका १ का १६ वर्षिय दिपककुमार साह र कंचनरुप नगरपालिका ४ कविलासाका १७ वर्षिय घनश्याम मण्डल आ–आफ्नै कोठामा सिलिङ्ग फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

तीनै जनाले घरायसी विवादका कारण आत्महत्या गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान जारी राखेको वेला एक साता भित्रै त्यस्तै प्रकृतिको चौथो घट्नाले स्थानीय र प्रहरीलाई चिन्तीत तल्याएको छ ।

जिल्लामा अािर्थक वर्ष २०७७–२०७८ मा १ सय १५ जनाले आत्महत्या गरेका थिए । त्यस्तै २०७८–२०७९ मा १ सय ३६ जनाले र २०७९–२०८० मा १ सय ६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याँकले देखाएको छ ।

आर्थिक समस्यादेखि प्रेम सम्बन्ध, घरायसी तनाव, असफलता, वेरोजगारी, ऋणको भार लगायतका कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको भन्दै प्रहरीले यसको न्यूनिकरणका लागी सचेतना अभियान चलाए पनि आत्महत्याको दर बढने क्रम न रोकिनु दुःखद भएको मनोचिकित्सकहरु बताउँछन् ।

उनीहरुले सम्बन्धित ब्यक्तीको बैचनीपूर्ण मनोविज्ञानलाई घर परिवार र समाजले बेलैमा ध्यान दिएर सकारात्मक ढंगले समाधानको प्रयास गरे आत्महत्याका घट्ना न्युनीकरण गर्न ठूलो बल पु¥याउने सुझाव समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,808 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन