मुलुकका १०० भन्दा बढी सिनेमा हलबाट जय हो

काठमाडौं । शोभित बस्नेत निर्मित चलचित्र ‘जय हो’को प्रिमियरमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्रको बुधबार बेलुका काठमाडौंमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा यो चलचित्र हेरेर सबैले राम्रो फिल्म बनेको बताए ।

चलचित्र जय हो शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी सिनेमा हलमा रिलिज हुँदैछ । यस्तै अष्ट्रेलियामा यो सिनेमा ८७ शो बुक भईसकेको छ भने शुक्रबार नै अष्ट्रेरियासँगै अमेरिका, कोरिया, दुवई, कतारमा पनि सिनेमा हलमै रिलिज हुने भएको छ ।

यो चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । जसमा अभिनेता सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डेलगायतको मुख्य भूमिका छ । चलचित्रमा पोखरा देखि मुस्ताङसम्मको यात्रामा केकी र सलोनको मायाँ प्रेमको आरोह अबरोह देखाईएको छ । बिगतमा आफुले निर्देशन गर्दै आएका शोभितले यसपटक निर्देशनको जिम्मेवारी अरुलाई सुम्पेका हुन् । शोभितको निर्देशनमा भन्दा यो चलचित्र केही फरक र राम्रो बनेको प्रतिक्रिया प्रिमियर शोमा विभिन्न कलाकारले दिए ।

छायाँकार शौरभ लामाले पोखरा र मुस्ताङको सुन्दरतालाई निकै आकर्षक रुपमा उतारेका छन् । शम्भुजीत बासकोटाको संगीतमा रहेको गीत चलचित्रमा निकै राम्रो देखिएको छ । यो वर्ष चलचित्र जारी पछि अरु सिनेमाले राम्रो व्यापार गर्न सकेको छैन । सुस्ताएको नेपाली चलचित्रको बजारलाई फिल्म जय होले केही मात्रामा भए पनि तताउने विश्वास यो फिल्मका निर्माण पक्षको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा दुई कामदारको मृत्यु