प्रेमांगी भन्छन्– नेपालले कोभिड–१९ को संक्रमणमा विजयी पाउँछ

कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व नै अत्यन्त जटिल अवस्थामा छ । कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर विश्वका थुप्रै मुलुक झै नेपालमा लकडाउन गरिएकाले घरमै बस्नुको विकल्प रहेन । सामाजिक सञ्जालदेखि प्रत्येक मिडियामा यतिबेला कोरोना भाइरस संक्रमणको विषय छाइरहेको छ । यो विषम परिस्थितिमा प्रत्येक नागरिकले जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न भूमिका खेल्नुपर्छ । यो परिस्थितिमा केही रचनात्मक कार्य गर्ने केही सकारात्मक सन्देश दिन सक्ने वा आशा जगाउन सक्ने एउटा व्यक्तिसँग लकडाउन भएको केही दिनदेखि सम्पर्क गर्न खोजिरहेको थिएँ । तर, उनीसँग धेरै समयदेखि सम्पर्क नभएकाले होला, फेला पार्न सकिरहेको थिइनँ । उनी पछिल्लो समय गुमनाम थिए ।

करिब ९ वर्षअघि बसुन्धाराको टुप्पोनेर ईश्वरीय प्रेम वर्षा अलौकिल उपचार केन्द्र खोलेर बसेका पे्रमांगीको त्यो टाउकोमा बाँधिएको जटा, गाजले दाह्री मानसपटलमा घुमिरहेको थियो । उनको त्यो केन्द्रमा युरोपेली गोराको बाक्लै आउजाउ हुन्थ्यो । जर्मनी, अस्ट्रिया, इटाली, स्विट्जरल्यान्डका केही अनुसन्धानकर्ता पनि त्यो केन्द्रमा धाउँथे । त्यसैले मलाई कोरोना भाइरसको विषयमा उनीसँग केही मन्थन गर्न मन थियो । तर, बाटो फेला परिरहेको थिएन । शनिबार अचनाक त्यो केन्द्रका एक साथीको नम्बरमा सम्र्पक गरे । नभन्दै उनी पे्रमाङ्गीकै साथमा रहेछन् । ह्वाट्स एपमा पे्रमाङ्गीसँग कुरा गर्ने अवसर मिलाइदिए ।

प्रेमांगीको मधुरो स्वर सुनियो । आफ्नो नामलाई उनी प्रेमको अञ्जुली दिइरहेको र लिइरहेको अवस्था भनेर अथ्र्याउँथे । त्यसैले उनको स्वरमा प्रेममय लवज हुनु नौलो थिएन । केही समयको वार्ता पछि कौतूहलता जागेको विषयमा प्रवेश गरेँ । उनले सजिलै भनिदिए, ‘यो जटिल परिस्थितिलाई नेपालले सजिलै सामना गर्न सक्छ ।’

उनको त्यो केन्द्रमा युरोपेली गोराको बाक्लै आउजाउ हुन्थ्यो । जर्मनी, अस्ट्रिया, इटाली, स्विट्जरल्यान्डका केही अनुसन्धानकर्ता पनि त्यो केन्द्रमा धाउँथे । त्यसैले मलाई कोरोना भाइरसको विषयमा उनीसँग केही मन्थन गर्न मन थियो ।

मलाई लाग्यो । बाहिरी दुनियाँबाट टाठा रहेकाले उनी अहिलेको यो अवस्थासँग परिचित रहेनछन् ।

मैले उनलाई अलि प्रस्टसँग अमेरिका, इटाली, फ्रान्स, जमनीलगायत देशले कोरोना भाइरसको संक्रमणविरुद्ध विजयी हासिल गर्न सकेका छैनन् भनेर सुनाए । समान्य स्रोतसाधनको समेत अभाव भएको नेपालले यो अवस्थालाई कसरी सहज रूपमा सामना गर्न सक्ला त ?

उनले भने, ‘हेनुस् । अहिले पनि हामी जर्मनी, स्विट्जरल्यान्डमा कोरोना भाइरसका संक्रमित र अन्य त्रासमा बाँचेका मानिसको सम्पर्कमा छौं । युरोप, अमेरिकामा मानिसको हालत के छ ? उनीहरू कति त्रासमा बाँचेका छन्, त्यो बुझेका छौं । सम्पर्कमा आएका व्यक्तिको आत्मबल बढाउने, प्रेम र करुणा जगाउने कामले परिस्थितिलाई स्विकार्दै सहज बनाउन सकेका छौं ।’

उनले अहिले विश्वभरि भएको संक्रमित र मृत्यु भएकाको संख्या पनि बताए । उनी यस विषयमा अपडेट रहेछन् भन्ने लाग्यो । उनले थपे, ‘जुन प्रकारले तपाईंहरू सोच्नुभएको छ । ठूला देशले सकेनन् भने हामी जस्तो सानो देशले त के सक्छौं भनेर । नेपालीमा एउटा उखान छ, नपत्याउने खोलाले बगाउँछ ।’

मैले जिज्ञासा राखेँ, ‘हामीलाई हाम्रो देशको क्षमता थाहा छ । भ्रममा परेर के गर्नु र ?’

उनी अलि चर्काे स्वरमा हाँसे । ‘सियो र तरबारको एउटै काम हँुदैन । लुगा सिलाउन कति धारिलो भए पनि तरबारको के काम, सियो नै चाहिन्छ ।’ उनले भन्दै गए, ‘यो दिव्य भूमिका अलौकिक शक्ति छ । यहाँ माया, प्रेम र करुणा छ । यहाँ यस्ता जडीबुटी छन् । जसबाट पत्ता लागेका मात्र होइन, पत्ता नलागेका रोगको उपचार पनि सम्भव छ ।’

उनीले आफू यसका लागि तयारी अवस्थामा रहेको समेत दावी गरे ।

लकडाउन भएकाले मलाई पनि हतार थिएन । त्यसैले सम्भव भए पनि नभए पनि उनका सकारात्मक कुराले ऊर्जावान् बनाइरहेको थियो । त्यसैले मैले जिज्ञासा राख्न छोडिनँ । वैज्ञानिकहरू रातदिन लागेर नसकेको विषयलाई उनी सहज भनिरहेका थिए । अझ भन्दै थिए, ‘यसको निवारण केमिकलले भन्दा पनि जडीबुटीले सम्भव छ ।’
प्रेमांगी मीठो लवजमा बिस्तार बिस्तार भन्दै थिए, ‘तपाईंलाई के लाग्छ, सबैभन्दा ठूलो बल आणविक बल हो भनेर । आत्मबल सबैभन्दा ठूलो बल हो । अहिलेको अवस्थामा आणविक बलले यो रोगलाई जित्न सकिन्छ त ?’

उतिबेलाको भेटमा पनि उनी कस्मिक रोमान्सको कुरा गर्थे । प्रेमबाट ग्लोबल क्रान्ति गर्न सकिन्छ भन्थे । त्यसैले पनि मनलाई सकारात्मक बनाउन उनीसँग कुरा गर्ने इच्छा जागेको थियो । उनी रोगसँग लड्न परिस्थितिलाई स्विकार्ने क्षमता पनि हुनुपर्ने बताउँदै थिए, ‘नेपालीले द्वन्द्व भोगे, भूकम्प भोगे । त्यसअघि पनि धेरै संकट भोगे त्यसैले यस्तो विषम परिस्थितिको सामना गर्ने क्षमता विकसित भएको छ । यहाँ माया, प्रेम र करुणा छ । जसले रोगसँग लड्न ऊर्जा दिइरहेको छ । हाम्रा जडीबुटी त्यस्तै शक्तिशाली छन् । खालि यसको पहिचान र प्रयोगको विधि बुझाए पुग्छ ।’

जति वादविवाद गर्दा पनि उनी नेपालले यो रोगबाट आफैं नियन्त्रण गर्न सक्दैनन् भन्ने विषयलाई स्विकार्न तयार भएनन्, ‘हामी एकजुट भयांै भने । यसको चेन ब्रेक गर्न सक्छौं । हामीसँग पर्याप्त स्रोत साधन छन् । हाम्रो जडीबुटीमा विश्वास गर्नुस् । यो सम्भव छ ।’

हुन त हिजो छोडेको योगलाई योगाका रूपमा आज अनुशरण गरिँदै छ । विषादीरहित खाद्यान्न खान्थ्यौं । आज अग्र्यानिक भनेर पश्चिमासँगै सिक्दै छौं । गाँजालाई हामीले औषधिका रूपमा प्रयोग गर्दै थियौं । प्रतिबन्धित गरिदियौं । आज क्यानाडा, अमेरिकाजस्ता देशले अपनाएपछि गाँजाको बहस गर्न थालेका छौं । त्यसैले हाम्रो पाखापखेरामा रहेका जडीबुटीमा विश्वास गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी