बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–६ र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) २०८० मनाइने भएको छ । यसका लागि बौद्ध तामाङ कल्याण गुठी मुख्य संयोजक रहेको २१ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ ।

शुक्रबार आयोजना गरिने सो जात्रामा १० वटा विविध विधा छुट्ट्याइएको छ, जसमा जो कोही पनि प्रतिस्पर्धीका रूपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धीमध्येबाटै विधागत रूपमा उत्कृष्ट हुने कलाकारलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिने भएको छ ।

प्रत्येक विधामा छनोट प्रक्रियाबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार पाउनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद, प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने भएको छ ।

सो जात्रामा रोपाहार, बौसे, हलगोरु, झाँकी, हाँस्यव्यंग्य, ख्याली, लाखे, घोडा, बाल रोपाहार, बाल बौसेजस्ता विधा प्रस्तुत गरिनेछन् ।

शुक्रबार दिउँसो साढे २ बजे बौद्ध स्तुपाको अजिमा स्थानअगाडि भेला भएपछि झाँकीसहितको रोपाइँ जात्रा ¥याली पंक्ति मिलाएर सुरु हुनेछ । ¥यालीमा विधाअनुसार पंक्ति मिलाइनेछ । बौद्ध स्तुपा परिक्रमासँगै बौद्ध पीपलबोट हुँदै टुसाल चोक पुगी पुनः बौद्ध स्तुपा परिसरमा फर्केर औपचारिक कार्यक्रम गरिने भएको छ ।

मूल समारोह समितिअन्तर्गतको संस्थामा ओम तामाङ सुख दुःख सेवा गुठी, छोरडान महिला समाज, सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र, तीनचुली भज्यु गुठी, खोस्ती नेवा पुचः, बौद्ध फुटबल क्लब, टुसाल युवा क्लब, स्तुपा युवा क्लब, सितोरियो कराँते डोजा शाखा बौद्ध, आनन्दपुर महिला समाज, चुच्चेपाटी दिदी बहिनी समूह र जोरपाटी एकल महिला समाज छन् ।

यसैगरी, सो समितिमा बौद्ध एकल महिला समूह, ह्युल्सा महिला समूह, बिहानी महिला समूह, प्राचीन अनुवाद एकमात्री समाज, लर्डबुद्ध सेकेन्डरी स्कुल, बौद्ध पीपलबोट युवा क्लब, बौद्ध सरसफाइ केन्द्र, अरुणिमा उच्च मावि, कुमारी उच्च मावि र महेन्द्र बौद्ध मावि सदस्य रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल