लागुऔषधसहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा बेलौरीमा प्रतिबन्धित लागुऔषध सहित एक जना युवक पक्राउ परेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१० सडकघाटबाट नौ दसमलब ४२ ग्राम लागुऔषध सहित बेलौरी नगरपालिका ३ का २५ वर्षका हरिश रेग्मी लाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ब्राउन सुगर० फेला परेको प्रहरी चौकी भुडाका प्रहरी जवान जवान महेश कुमार भट्टले बताए ।

पक्राउ परेका रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका रेग्मी अछाम सडक डिभिजन कार्यालयका सब इन्जिनियर हुन । उनलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ