नेपालबाट ओस्कारमा हल्कारा जाने

काठमाडौं । ओस्कार अवार्डको ९६औँ संस्करणका लागि नेपालबाट ५ वटा सिनेमाले आवेदन दिएका थिए । जस मध्य चलचित्र ‘हल्कारा’लाई नेपाल स्थित चयन टिमले छानेको छ । महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख भूमिका रहेको हल्कारमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्कीलगायतको पनि अभिनय छ । फिल्मले अमेरिकाको ‘ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफी गरी तीन अवार्ड जितेको थियो ।

यसपटक पाँच फिल्मबाट आफुहरुले हल्कारालाई ओस्कारमा प्रतिनिधित्व गर्न नेपालबाट चयन गरेको चयन टिमका अध्यक्ष राजु केसीले बताएका छन् । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)मा ओस्कारका लागि यसपटक हल्कारा सहित ‘डाकिनी’, ‘बगान’, ‘नीरफूल’ र ‘बुलाकी’ ले आवेदन दिएका थिए ।

छनौट समितिले एक विज्ञप्ती जारी गर्दै पाँच मध्य प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षबाट हेर्दा हल्कारा ओस्कारमा पठाउन उत्तम देखिएकाले चयन गरिएको उल्लेख छ । राजु केसीको अध्यक्षतामा रहेको समितिको सदस्यमा मञ्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र रीतिका भट्टराई छन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता