साकोस साहित्य संस्थाले गर्‍यो एकै सर्जकका १० कृतिको लोकार्पण

काठमाडौं । नेपाली साहित्यको क्षेत्रमा अलग पहिचान र फरक अस्तित्व कायम गरेको संस्था नोबेल साकोस साहित्य संस्थाले काठमाडौको पद्मकन्या कलेजमा आयोजित आफ्नो ९६औं शृङ्खलाको एक समारोहमा संस्थाका आजीवन सदस्य राजेन्द्रकुमार बज्राचार्यद्वारा लिखित १० वटा छन्दबद्द कृतिहरु एकैपटक लोकार्पण गराएको छ।

राजेन्द्रकुमार बज्राचार्यको कार्यको प्रंशसा गर्दै महाकाब्यकार चन्द्रप्रसाद न्यौपानेले छन्दको खोज अनुसन्धान र प्रयोग ’boutमा मन्तव्य राखेका थिए । समारोहमा बिशिष्ट साकोस सम्मानद्वारा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली र साकोस साहित्य सम्मान कवि राजेन्द्र बज्राचार्य, नियमित साकोस सम्मान कवि प्रज्ञा खनाललाई सम्मानित गरिएको थियो। साहित्यकार पार्बती घिमिरे पौडेललाई आजीवन सदस्य प्रमाणपत्र पनि दिइएको थियो।

संस्थाका अध्यक्ष साहित्यकार तथा संचारकर्मी सरस्वती गौतमको सभापतित्वमा भएको उक्त ऎतिहासिक समारोहमा डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता र संचारकर्मी साहित्यकार संस्थाका संस्थापक राजन न्यौपानेको संचालन, संस्थाका महासचिव सुशीला ढकाल अधिकारीले अतिथि र उपस्थितहरु पहुनाहरुलाई स्वागत गरेका थिए ।

संस्थाका कोषाध्यक्ष साहित्यकार गीता अर्यालले मन्च व्यवस्थापनको सम्पूर्ण कार्य गरेकी थिइन भने संस्थाका संस्थापकद्वय रोहित कार्की र सूर्यबहादुर तामाङ, सचिव संगिता सारथि,सदस्य सीता घिमिरे, इन्दिरा रिजाल र इन्दिरा भन्डारीले कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका खेलेका थिए संस्थाका संरक्षक डा.दामोदर पुडासैनी किशोर, गुरु पुष्प रन्जितको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा लोकार्पण भएका कृतिको समीक्षा त्रिभुवन बिश्वबिद्यालय पद्मकन्या कलेजका उपप्राध्यापक ज्ञाननिश्ठ ज्ञवालीले गरेका थिए । समारोहमा प्रमुख अतिथि डा. रामप्रसाद ज्ञवालीले तत्कालीन नेपाली साहित्यको अवस्था र नयाँ पुस्ताको सिर्जनात्मक अवसरलाई साकोसले मन्च उपलब्ध गराएकोमा हार्दिक धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो।उहाँले लेखकलाई बधाई दिंदै कृति संख्यात्मक भन्दा नि गुणात्मक हुनुपर्नेमा जोड दिदैं आगामी दिनको लागि शुभकामना पनि दिए ।

अतिथिहरु जेष्ठनागरिक पुष्प लुइँटेल ,डा. वासुदेव काफ्ले, डा. यज्ञश्वर निरौला, डा. विश्वमोहन आचार्य ,डा. गोबिन्दमान सिंह कार्की, डा.मेघराज ढकाल, छन्दज्ञाता चन्द्रप्रसाद न्यौपाने, वेदज्ञाता तिलक लुइँटेल,अग्रज साहित्यकार मन्जुश्री प्रधान, रत्ननिधि रेग्मी, शिव त्रिपाठी, पूर्व रथि अर्जुन श्रेष्ठ, सम्पादक मदन नेपाल, मुक्तका अभियन्ता सुनिल अधिकारी, आर्गानिक कवि लिलाधर पान्डे, साहित्यकार मणिराज सिहं, एम.पि. पान्डे, रमेश अधिकारी,सुरेश बैद्य, संगीतकार निर्देशक राज्य राई, रामचन्द्र न्यौपाने, कवि कृष्ण वाउसे, प्रकाशक मुना बज्राचार्य र रज्वल बज्राचार्य, टिएन भट्ट, राजेन्द्र घिमिरे, चन्द्रश्री कार्की, पत्रकार अनुराग अरुण, लुमडिप्रसाद खनाललगायत दुई सय जना भन्दा बढी साहित्यकारहरुको उपस्तिथि रहेको थियो।

सबै पुस्ता, सबै भाषा, सवै बर्गको साझा साहित्यिक चौतारी बनेको साकोसले ११ बर्षका प्रसान्त रेग्मीलाई समेत अतिथि राखेको थियो। नयाँ र प्रेरणा खोजिरहेका अबसरको खोजमा रहेका सर्जकहरुको लागि यो संस्था उदाहरणीय मन्च बन्दै गएकोमा अतिथिहरुले गर्व गर्दै आयोजकलाई हार्दिक धन्यवाद दिएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित कवि टंकमणी अधिकारीको सहयोगार्थ सर्जकहरुबाट केही रकम संकलन गरेर संस्था आफैले पनि केही थप गरी हस्तान्तरण गर्ने कार्य सुरु गरेकोमा उपस्तिथ सबैले साकोस परिवारलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने