काठमाडौँ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो। ओखलढुङ्गाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए। सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ खिला कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 501 times, 1 visits today)






