नेकपा केन्द्रीय कमिटी बैठक र यसको सन्देश

प्रेमलकुमार खनाल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता पछि झन्डै २१ महिनासम्म बैठक बस्न सकेको थिएन । यसले गर्दा सिंगो पार्टी पंक्तिमा एक किसिमको अन्योलता उत्पन्न भएको थियो । बैठक नै ढिलाइ भएका कारण तीनवटै तहका सरकार सुव्यवस्थित तवरले सञ्चालन गर्न र पार्टीका नीति, विचारअनुरूप कार्यक्रम बनाएर लागू गर्न भइरहेको ढिलाइले नेतृत्वप्रति आलोचना भइरहेको घडीमा ढिलै भए पनि नेकपा केन्द्रीय कमिटीको बैठक आयोजना भयो ।
बैठक एकदमै व्यवस्थित, हार्दिक र जनवादी वातावरणमा सञ्चालन भई विस्तृत रूपमा छलफल भयो । अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर १५ समूह बनाएर व्यापक छलफल भयो ।

छलफलका क्रममा आधारभूत तहका जनताले भोगिरहेका समस्यादेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय महŒवका विषय, राष्ट्रियतासँग जल्दोबल्दो रूपमा गाँसिएको सीमा सुरक्षा, नागरिकता, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)जस्ता विषयदेखि पार्टीको कार्यनीतिक कार्य दिशा, नेपाली मोडेलको समाजवादका ’boutमा, व्यापक रूपमा छलफल भएको छ । यस्तै पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्ने ’bout, राष्ट्रव्यापी रूपमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने ’bout, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने ’bout, सांस्कृतिक रूपान्तरणका साथै पार्टीभित्र मूल्यांकन पद्धतिलाई स्थापित गर्ने ’bout व्यापक छलफल गरी ठोस निष्कर्ष निकालिएको छ ।


अन्तर्राष्ट्रिय परिस्थिति र साम्राज्यवाद विरोधी आन्दोलन ’bout


बैठकमा वर्तमानविश्व परिस्थिति अनेकांै परिवर्तन, प्रतिस्पर्धा, द्वन्द्व र समीकरणको प्रक्रियाबाट गुज्रिरहेको विषयमा छलफल भएको छ । खासगरी अमेरिकी साम्राज्यवाद र नाटो समर्थित राष्ट्रले विश्वमा सञ्चालन गरिरहेको युद्ध, हत्या, हिंसाले विश्वमा एक किसिमको आतंक सिर्जना गरेको छ । सँगसँगै पारमाणविक सशास्त्रको होडबाजी र विस्तारले अर्काे चुनौती खडा गरेको छ । पश्चिमेली राष्ट्रको सैनिक गठबन्धनलाई पुनः नयाँ ढंगले साझेदारी रणनीतिबाट शक्तिशाली बनाउने साम्राज्यवादीको चालबाजी रहेको ’bout व्यापक रूपमा छलफल भएको छ ।


यस्तै, बैठकमा विश्वपुँजीवाद र नवउदारवादी भूमण्डलीय पुँजीवादीले सिर्जना गरेको समस्या, खासगरी सीमित व्यक्तिको हातमा असिमित पुँजीको केन्द्रीकरण, उत्पादन र रोजगारी बृद्धि र वस्तु निर्यात भन्दा पुँजी निर्यात गरेर तेस्रो विश्वका मुलुकमा नवऔपनिवेसिक शोषण र उत्पीडन मेरो रहेको, जनतामा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष फैलाएर द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधीनतालाई समाप्त पार्ने दिशा वित्तीय एकाधिकार पुँजीवादी विषयमा बैठकमा छलफल भएको छ ।
यसरी साम्राज्यवाद वित्तीय एकाधिकार पुँजीवादी र नवउदारवादले सिर्जना गरेको हत्या, हिंसा, संकट, द्वन्द्व र शोषणविरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी आन्दोलन पनि सँगसँगै अगाडि बढिरहेको घटनाले विश्व साम्राज्यवाद, एकाधिकारवाद, नवउदारवादको शोषण र उत्पीडनविरुद्ध उत्पीडित राष्ट्रका जनताको अन्तर्विरोध तीव्र रूपमा प्रकट भइरहेको छ ।


राष्ट्रिय परिस्थिति : २०६२/०६३ को जनक्रान्तिबाट मुलुकमा युगान्तकारी परिवर्तन भई संघीय राज्य निर्माण हुनु, संघ प्रदेश र स्थानीय तहमा निर्वाचन भई झन्डै दुई तिहाइको जनमतका साथ कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन हुनु र सरकारबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य र आकांक्षालाई अगाडि सार्ने कार्य यतिखेर राष्ट्रिय राजनीतिको विशेषता रहेको छ । संविधानमा नै समाजवादको आधार निर्माण गर्ने लक्ष्य किटानी गरिएको सन्दर्भमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सामाजीक न्याय र समृद्धिसहित समाजवादको आधार निर्माणका लागि ऐतिहासिक अवसर प्राप्त भएको छ ।


कम्युनिस्ट पार्टीले जुन ऐतिहासिक अवसर प्राप्त भएको छ, सँगसँगै चुनौती पनि विद्यमान छन् । यतिखेर सामन्ती प्रतिगामी र पुनरुत्थानवादी शक्तिले अस्थिरता र अन्योलता सिृर्जना गरिरहेका छन् र जनताबाट निर्वाचित सरकार प्रतिअधिनायकवादीको लान्छना लगाएर अनेक भ्रम र षड्यन्त्र गरिरहेका छन् । वास्तवमा क्रान्तिपछि पराजित वर्गले वर्षौसम्म प्रतिक्रान्तिको प्रयास गरिरहेका हुन्छन् यस्तो स्थितिमा त्यस्तो प्रवृति र शक्तिका विरुद्ध आमूल पविर्तनवादी शक्तिले आफ्नो एकता सजकता, सक्रियता, समर्पण त्याग बढाएर लानुपर्छ । जनताको अपेक्षाअनुरूप सुशासन कायम गर्ने, विकास र जनसेवामा समर्पित भई प्रतिक्रियावादीका षड्यन्त्रलाई परास्त गर्नु आजको राष्ट्रिय राजनीतिको आवश्यकता बनेको छ । खासगरी लोकतन्त्रलाई सुदृढ र सवल बनाउने, शान्ति र स्थिरता कायम गरेर लोकतान्त्रिक एवं अग्रगामी सोच, चिन्तन र कार्यक्रमका साथ आर्थिक सामाजिक रूपान्तरण अगुवा सावित गर्नुपर्ने भएको छ । यसो गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सकारात्मक, अग्रगामी र क्रान्तिकारी दिशामा अगाडि बढाउन सकिने निष्कर्ष निकालिएको छ ।


दलाल नोकर शाही पुँजीवादविरुद्ध संघर्ष गर्दै राष्ट्रिय पुँजी निर्माण गर्ने :


यतिखेर मुलुकको अर्थ राजनीतिमा दलाल नोकर शाही पुँजीवाद हाबी भएको छ । रातारात कर छली गरेर पैसा बनाउने र यस्तो पुँजी उत्पादन र रोजगारी विस्तारतर्फ भन्दा आयात व्यापार गर्ने , विलाशितामा खर्च गर्ने, कार्य गरेर राष्ट्रिय पुँजी निर्माणमा अवरुद्ध गर्ने कार्य भएको छ । यस्तो स्थितिको अन्त्य गरेर राष्ट्रिय वचतलाई प्रोत्साहित गरेर राष्ट्रिय पुँजी निर्माण गरी उत्पादन र रोजगारीतर्फ राष्ट्रिय पुँजीलाई केन्द्रित गर्नुपर्छ । यसका साथै राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्न आवश्यकता भएको छ ।


चीनको बीआर आई र एमसीसी


चीनले विश्वव्यापी रूपमा कनेक्टिभिटी शान्ति र आर्थिक सहयोगको बृहत् साझेदारी रणनीतिअन्तर्गत सन् २०१३ देखि अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालले हस्ताक्षर गरेको छ । यता अमेरिकाको इन्डोप्यासिफिक रणनीति (आईपीएस)लाई सहयोग पुग्नेगरी मिलिनियम च्यालेन्ज कर्पाेरेसनअन्र्तगतको मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ले नेपालको राष्ट्रिय हित, सुरक्षा, सार्वभौमिकताका साथै नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको सन्दर्भमा बीआरआईलाई पार्ने असरका ’boutमा विस्तृत ढंगले अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयार गर्नुपूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । विकास सहयोग वा अनुदानका नाममा नेपालको विकासको प्राथमिकता, नेपालको राष्ट्रियता र सुरक्षा, नेपाल असंलग्न राष्ट्रको सदस्य भई असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको स्थितिमा एमसीसीमा उल्लेखित सम्झौताका ’boutमा अमेरिकी सरकारसँग वार्ता छलफल गरेर सम्झौताका बुँदा सुधार गरेर मात्र एमसीसीलाई स्वीकार गनुपर्ने बैठकको जोड रहेको छ ।


पार्टीको कार्यनीतिक कार्य दिशा’bout :


नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ । दुई पार्टीले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र एक्कासांैै शताब्दीको जनवादलाई पार्टी एकताका सन्दर्भमा तयार गरिएको समाजवादउन्मूख जनताको जनवादलाई कार्यनीतिक कार्यदिशा तय गरेको छ । बैठकमा नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको सन्दर्भमा अब क्रान्तिको दोस्रो चरणअन्तर्गत समाजवादी क्रान्तिका ’boutमा पनि समूहमा छलफल भएको थियो तर, राष्ट्रिय महाधिवेशनकै घोषणा भएको सन्दर्भमा समाजवादी क्रान्तिका ’boutमा विस्तृत छलफल बहस गरी उपयुक्त निष्कर्ष निकाल्ने बैठकले निर्णय गरेको छ ।
सरकारको कार्यलाई प्रभावकारी बनाउने ः संघ प्रदेश र स्थानीय तहका सरकारलाई पार्टीको नीति र कार्यक्रमका साथ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र यसका लागि तीनवटै तहमा पार्टीको संयन्त्र बनाएर सरकारका कार्यको समन्वय, अनुगमन गर्नुपर्दछ । जनप्रतिनिधिको कार्यमा पनि आवधिक रूपमा मूल्यांकन गर्ने विधिको विकास गर्नुपर्ने निष्कर्ष
निकालिएको छ ।


पार्टी एकताको कार्य सम्पन्न गरी राष्ट्रिय महाधिवेशन गर्ने ’bout :


पार्टी एकताभएको २१ महिना भए पनि अझै पनि केन्द्रीय निकाय, विभाग कमिटी र जनवर्गीय संगठनकोे एकता र एकीकरणको कार्य सम्पन्न हुन सकेको छैन । अब १५ दिनभित्र सम्बन्धित कमिटीको बैठक बसेर एकता र एकीकरणको कार्यलाई सम्पन्न गरिसक्ने निर्णय भएको छ र आगामी २०७७ को चैत्रको अन्तिम सातामा एकता राष्ट्रिय महाधिवेशन गर्ने र सो अगावै स्थानीय तह जिल्ला र प्रदेशको अधिवेशन गरिसक्ने निर्णय भएको छ ।


पार्टीलाई नीति तथा विधिबाट सञ्चालन गर्ने ’bout :


पार्टी एकतापछि बसेका पार्टीे कमिटीको विधानअनुसार बैठक बस्न नसकेको, बैठक बसे पनि नीति, विधि र विधानअनुसार संस्थागत ढंगले निर्णय नभएको र पार्टीको नीतिविपरीत बैठक भेलाको आयोजना गर्ने काम भएको छ । यसले पार्टी एकतामा आँच पुगिरहेको सम्बन्धमा बैठकमा व्यापक छलफल र आलोचना भएको छ । गुटबन्दीलाई अन्त्य गर्न खास गरी उच्च तहको नेतृत्वले नै गम्भीर र जिम्मेवार बन्नुपर्ने र माथिदेखि तलसम्म भएका गुटबन्दीलाई नियन्त्रण गर्न गम्भीर ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ । अब पार्टीलाई विधानअनुसार सञ्चालन गर्ने विधानअनुसार कुनै बैठक सबै तहका कमिटीका बैठक नियमित बस्ने, पार्टीभित्र नियुक्तिलगायतका निर्णय संस्थागत तवरले गरी पार्टीलाई नीति, विधि र विधानबाट सञ्चालन गरी पार्टीलाई अनुशासित, लोकतान्त्रिक र एकततावद्ध बनाउने निष्कर्ष निकालिएको छ ।


पार्टी सुदृढीकरण राष्ट्रिय अभियान: नेकपाले अब पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यस अभियानअन्र्तगत सबै तहमा पार्टी एकताको कार्यलाई सम्पन्न गरी पार्टी एकताको सन्देशलाई जनस्तरसम्म पु¥याउने, केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले सम्पादन गरेका कामको प्रचारप्रसार गर्ने, आधारभूततहसम्म पार्टीको संगठन निर्माण र विस्तार गर्ने, पार्टी पंक्तिलाई एकीकृत पार्टीको सैद्धान्तिक, वैचारिक, कार्यनीतिक कार्यदिशाका ’boutमा प्रशिक्षित गर्ने, पार्टीका नेता, कार्यकर्ता र सदस्यका बीचमा वैचारिक, संगठनात्मक भावनात्मक एकताको विकास गर्ने, प्रदेश तथा स्थानीय तहका सरकार तथा जनप्रतिनिधिलाई पार्टीको नीति र घोषणापत्रअनुरूप परिचालित हुन निर्देशित गर्ने आदि उद्देश्य र कार्यक्रमका साथ अभियान सञ्चालन हुने भएको छ ।
महिला सहभागिता र प्रतिनिधित्व ः पार्टीभित्र महिला सहभागिता बृद्धि गर्न महिलालाई लक्षित गरेर व्यापक मात्रामा सदस्यता वितरण गर्ने र उनीहरूलाई संगठित गरिनेछ । केन्द्र, प्रदेश, जिल्ला तहका पार्टी कमिटीका ३३ प्रतिशत महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्नेगरी आगामी महाधिवेशनमा प्रस्ताव पेस हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९