काठमाडौं म्याराथनको १५औं संस्करण शनिबार

काठमाडौं म्याराथनको १५औं संस्करण आश्विन २७ गते (अक्टोबर १४) मा आयोजना हुँदैछ। १७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस म्याराथन दौडमा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन ५ किमी, खुल्ला, स्कूल, फ्यामीली रन गरी विभिन्न विधामा प्रतिस्पर्धा हुने छ।

यस्तै आमन्त्रित हिडाइ समेत आयोजना हुँदै छ। यस वर्ष म्याराथनमा १२, हाफ म्याराथनमा १६ र ५ किमी ओपनमा ३ गरी गरी जम्मा ३१ ले प्रतिस्पर्धा गर्दैछन्। यस अन्तराष्ट्रिय प्रतियोगितामा भारत बाट ३, जापान बाट २, जर्मनी बाट ४, ब्राजिल बाट १ र अन्य देश २० गरी ३० जना विदेशीले भाग लिंदै छन्।

नेपालबाट सुशान्त डोटेलले हाफ म्याराथनमा प्रतिस्पर्धा गर्ने छन्। यस वर्ष पुरस्कार राशिमा म्याराथन तर्फ पुरुष र महिला विजेतालाई बराबर एक लाख, उपविजेतालाई ५०,००० र तेस्रो स्थान हासिल गर्ने लाई २५,००० प्रदान गरिनेछ। यस्तै हाफ म्याराथन तर्फ ५ किमी स्कूल तर्फ, ५ किमी ओपन तर्फ, ५ किमी मास्टर्समा आयोजकले राखेपको प्राङ्गण भित्र नेपालमै पहिलो पल्ट स्पोर्ट्स फेयर को पनि आयोजना गरी टिसर्ट र विव त्यही बाट वितरण गरिएको थियो।

यस वर्ष स्वास्थ्य मन्त्रालयको सहकार्यमा ‘नेपाल रन्स फर डिजिटल हेल्थ’ यसपालिको स्लोगन राखिएको छ र स्वास्थ्य मन्त्रालयको ९० दिन देशभरका पालिका हरुमा गर्ने कार्यक्रमको सुरुवात पनि यसै काठमाडौं म्याराथन बाट सुरुवात गरिएको छ। यस वर्षको कार्यक्रमको सफलताको लागि इनड्राइभ, सफल दूध, टोयोटा र क्याथे प्यासिफिक लाई प्रायोजकको रूपमा भित्र्याउँदा, ग्रान्डी हस्पिटलले सम्पूर्ण खेलाडीको लागि मेडिकल सेवा प्रदान गर्ने छ।

यस्तै सम्पूर्ण खेलाडीहरूको एक दिने बीमा गरी, इन्सुरेन्स पार्टनरको रूपमा नेको इन्सुरेन्स लाई डाकिएको छ। आश्विन २६ गरे शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशाला बाट दाऊद सुरुवात हुने छ।

म्याराथन दौड त्रिपुरेश्वर – थापाथली – कुपण्डोल – पुल्चोक – जावलाखेल – तिब्वेतन क्याम्प – सातदोबाटो – कोटेश्वर – ठिमी – सूर्यविनायक चोक – भक्तपुर दरबार स्क्वायर – पुरानो ठिमी – पेप्सीकोला – जडिबुटी – कोटेश्वर – तीनकुने – गौशाला – नारायण गोपाल चोक – लैनचौर – रानीपोखरी – भद्रकाली – सहिदगेट – त्रिपुरेश्वरमा स्थित दशरथ रंगशालामा एक चक्कर लगाएर सम्पन्न भने छा भने हाफ म्याराथन त्रिपुरेश्वर – थापाथली – कुपण्डोल – पुल्चोक – ग्वार्को – कोटेश्वर – तीनकुने – गौशाला – नारायण गोपाल चोक – लैनचौर – रानीपोखरी – भद्रकाली – सहिदगेट – त्रिपुरेश्वर गरी दशरथ रंगशालामा सम्पन्न हुने छ। त्यस्तै ५ किमी का लागि त्रिपुरेश्वर – थापाथली – माइतीघर – हनुमानस्थान – अनामनगर – पुतलीसडक – प्रदर्शनी मार्ग – भद्रकाली – सहिदगेट – त्रिपुरेश्वर – दशरथ रंगशालाको रुट प्रयोग हुँदा फ्यामिली रन र आमन्त्रित हिडाई त्रिपुरेश्वरमा सुरु भई थापाथली, माइतीघर र पुनः सोही रुट भै त्रिपुरेश्वर पुगि दशरथ रंगशालाको परिक्रमा गरेपछि सम्पन्न हुने छ।

१५औं काठमाडौं म्याराथनमा सम्पूर्ण तयारी पूरा भएको छ। आयोजकले सम्पूर्ण काठमाडौं उपत्यका बासिलाई यस अन्तराष्ट्रिय म्याराथनको सफलताको लागि सहयोग मात्र नभई म्याराथनको दिन दौडको समयमा प्रयोग हुने रुटमा सवारी साधन नचलाइदिनु हुन समेत अनुरोध गर्दछ। बिहान सात बजे सुरु हुने र अन्तिम धावक फिनिस लाइनमा आइपुग्दा ११ बजे सम्म सम्पूर्ण दौड सम्पन्न हुने छ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

दसैँ मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै