रहेनन् ‘पुतली बाजे’

पोखरा । ‘पुतली बाजे’ भनेर चिनिने बेलायती नागरिक कोलिन स्मिथको शुक्रबार राति पोखरामा निधन भएको छ । ८७ वर्षीय उनको उपचारका क्रममा हरियोखर्क अस्पताल, पोखरामा निधन भएको हो ।

नेपालमा उनले गरेको पुतलीको अनुसन्धान’bout योगदान अतुलनीय छ । पुतलीको संरक्षण, खोज र अनुसन्धान गरेवापत् उनले ‘पुतली बाजे’ को उपनाम पाएका हुन् ।

उनकै पहलमा पोखराको पृथ्वीनारायण क्याम्पस परिसरको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजिम पुतली संग्रहालयको नामले चिनिन्छ । सन् १९६५ मा खुलेको यो संग्रहालयमा विभिन्न खालका जीवजन्तु, पशुपंक्षी संग्रहित छन् । तीमध्ये सबैभन्दा बढी पुतलीका प्रजाति छन् । उनले नेपालमा पाइने करिब साढे ६ सय प्रजातिका पुतलीको खोज अनुसन्धान गरेर सोही संग्रहालय सजाएका हुन् ।

आजभन्दा करिब ६० वर्षअघि पोखराको लामाचौरस्थित नेपाली आदर्श विद्यालय पढाउन आएका बेलायती नागरिक कोलिन स्थिम नेपालमै रमाए । उनले पोखरा र गोरखाका धेरै स्कुलमा पनि पढाए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पनि उनले पढाए ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु