आर्थिक सिर्जनात्मक कार्य जरुरी

कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरिएसँगै देशमा विकास निर्माण कार्यले गति नलिनु स्वाभाविक हो । तर, विकास निर्माणका साथै आर्थिक सिर्जनात्मक कार्यले केही सापेक्षिक र स्वाभाविक गति लेओस् भन्ने आवाज आउन थालेको देखिन्छ । नेपालमा कोराना महामारीको संक्रमण रोकथाम गरी जनधनको कमभन्दा कम क्षति हुन प्रयास गरिनु यतिबेलाको प्राथमिक कार्य पनि हो । यसका लागि सरकारले घोषणा गरेका राहत कार्यक्रम र जनताले पालना गरिरहेका निर्देशन पहिलो कर्तव्य बनिरहेका छन् । देशमा सापेक्षतामा अनुशासन कायम हुनु र महामारी रोकथामका लागि सामूहिक प्रयत्न कायम गरिनु एक ठूलो उपलब्धि पनि हो । यसका साथै, महामारी रोकथामकै लागि गरिएको लकडाउनले ‘बाइप्रोडक्ट’का रूपमा केही नकारात्मक असर पनि सतहमा ल्याउन थालेको छ । दैनिक उपभोग्य सामानका साथै विकास निर्माणका कार्यले पनि चर्चा पाउन थालेका छन् । सेवाहरू सीमित भए भन्ने आवाज पनि उठ्न थालेका छन् । तर, तिनका पनि सीमा छन्, सीमाभित्र रहेर ती कुरा अभिव्यक्त होऊन् भन्ने जनताको आशय रहेको छ । परनिर्भरतामा जिउन थालिसकेको देशमा अहिले आत्मनिर्भरताको हुटहुटीले छुन थालेको छ, भलै यो क्षणिक, भावनात्मक वा बहकाउपूर्ण मात्र पनि नहोला किनकि यसले जीवन व्यवहारमा अनुभूत गरिने अवस्थामा पु-याएको छ ।

महामारी स्थानिक नभई विश्वव्यापी बनेको छ । तर, विश्वमा धेरै स्थानिक र स्वत्वसहितका मानव निर्मित विभिन्न राजनीतिक सीमा र क्षेत्रहरू छन् । यसैमा हामी आफ्नो पहिचान, रक्षा र अपनत्व देखिरहेका छौं । कोरोना महामारी सर्वशक्तिशाली र सर्वव्यापी बनिरहेका बेला हामीलाई केही स्थानिक समस्या र अभावले सताइरहेको छ । आधारभूत आवश्यकताका साथै सेवासुविधा र विकास निर्माणका कार्यले केही लामो समय गति नलिँदा असहजता उत्पन्न गराएको छ । स्वदेशमा रहेका र विदेशबाट आएका नेपाली अब देशको चार किल्लाभित्र छन् । सबैको यथाशीघ्र जाँच गरी संक्रमितहरूको उपचार र अन्यलाई रोकथामको कडा अनुशासनभित्र ल्याए संक्रमण नियन्त्रण गर्न सकिने सम्भावना प्रबल बनेर गएको देखिन्छ । यसपछि विकास निर्माणसहितका घरेलु गतिविधिमा केही खुकुलोपना ल्याउन सकिने सम्भावना छ । विदेशबाट निर्यात हुने संक्रमणमा अत्यधिक ध्यान दिँदै र अन्तर्राष्ट्रिय सीमा तथा आवतजावत गतिविधि अरू केही दिनसम्मका लागि लकडाउन गर्दै देशभित्र आवश्यक सामाजिक दूरी कायमसहितका गतिविधि अघि बढाउनेतर्फ सोचिनुपर्छ ।

आर्थिक गतिविधिमा सचेत रहँदै केही सिर्जनात्मक कार्यक्रम जनताका माझमा ल्याइनु जरुरी भइसकेको छ । यसले सरकारमाथि परेको एकोहोरो आर्थिक दबाबमा निकै ठूूलो सहयोग पु¥याउनेछ । यो सहयोग कोरोना संक्रमणको अभियानमा कोसेढुंगा साबित हुने देखिन्छ । ‘एकले थकी सुकी, सयले थुकी नदी’ भनेझैं अबका दिनमा फेरि सामूहिक सहकार्य जरुरी भएको छ । यसका लागि सरकारले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गरी रचनात्मक आर्थिक गतिविधिका लागि राष्ट्रव्यापी अभियानसहित जनआह्वान गर्नुपर्छ । यसले मात्र राष्ट्रनिर्माणको एक नवीन प्रवाहमा देशलाई अग्रगति प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँच दलीय गठबन्धनले स्थानिय निर्वाचन प्रभावित पार्न खाेजे