अरुण तेस्रो प्रवेश मार्ग ७० दिनपछि खुल्यो

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेश मार्गका पीडितहरुले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन आजबाट फिर्ता लिएका छन् । अरुण तेस्रो प्रवेश मार्ग पीडितहरुको आन्दोलन फिर्ता गरेपछि विद्युतगृह स्थलको हिजो बिहीबारबाट सुचारु भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

मुआब्जा बापतको रकम जिल्ला प्रशासनको खातामा जम्मा हुने भएपछि प्रवेश मार्गका पीडितले आन्दोलन फिर्ता गरेको प्रजिअ कार्कीले बताए । अरुण प्रवेश मार्गको आन्दोलन ७० दिनपछि फिर्ता लिएको केन्द्रीय संर्घष समिति संयोजक जनी कुमार राईले जानकारी दिए । अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दिने सहमति पछि आन्दोलन फिर्ता गरिएको केन्द्रीय संर्घष समिति संयोजक राईले बताए । मुआब्जा दिन छुट रहेको चार सय ५४ रोपनी जग्गाको मुआब्जा पाउने भएपछि संघर्ष समितीले आन्दोलन फिर्ता गरेको हो । मुआब्जा पीडित संघर्स समितिले बन्द सहितको आन्दोलन फिर्ता लिएको विज्ञप्ती मार्फत जनाएको छ ।

खाँदबारी नगरपालिका–४, छयाङ्कुटी देखि चिचिला गाउँपालिका २, दिदिङ्ग सडक खण्डको (२४.५ किलोमिटर) छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका थिए । कात्तिक १७ गतेको ५६ औं मन्त्रिपरिषद् बैठकले छुट मुआब्जा बापतको ५३ करोड रुपैयाँ विकास कर्ता कम्पनी सतलज जलविद्युत निगम (एसएपिडिसि) मार्फत जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गर्ने निर्णय गरेको थियो । सो रकम पछि नेपाल सरकार बाट सोधभर्ना हुने गरी एसएपिडिसिले सरकारलाई दिन लागेको हो ।

लगानी वोर्डले सतलज जलविधुत निगमलाई लेखेको पत्रमा मुआब्जा वितरणको हकमा पछि लगानी बोर्डले निर्णय गर्ने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को गत १६ गते बसेको बैठकले १ महिना भित्र अर्थात मंसिर १८ देखि मुआब्जा रकम वितरण सुरु गर्ने निर्णय भएको र सो मितिमा मुआब्जा वितरण सुरु नगरिए पुन आन्दोलन सुरु गर्ने संघर्स समितिले जनाएको छ ।

गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती