वीणा जोशीकाे ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

काठमाडौं । मदन पुरस्कार गुठीले वि.सं. २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको गुठीको साधारणसभाले २०८२ सालमा प्रकाशित पुस्तकहरूमध्ये जोशीको कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए । तीमध्ये १० पुस्तक मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट भएका थिए ।

यसैगरी, गुठीले ६ दशकदेखि गीत लेखनमा सक्रिय किरण खरेललाई २०८२ को जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित