सहकर्मी जनप्रतिनिधि र कर्मचारी प्रति गाउँपालिका अध्यक्ष धामीको आक्रोस

बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी पालिकाले बिहिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा करिव १ घण्टा जंगीए । दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका उनले आफ्नै सहकर्मी जनप्रतिनिधि र शाखागत कर्मचारीहरु नै गैर जिम्मेवार रहेको भन्दै आक्रोस व्यक्त गरे । जिम्मेवार व्यक्तिको काम प्रति गैरजिम्मेवारीपनाले बनेका काम समेत विग्रिने डर भएको बताए ।

सार्वजनिक सुनुवाईका प्रश्नकर्ताहरुलाई हसिलो पारामा जवाफ दिएका धामी केहि जनप्रतिनिधि र कर्मचारीहरु प्रति भने कडा रुपमा प्रस्तुत भए ।

उनले सार्वजनिक सुनुवाई र बार्षिक समिक्षा कार्यक्रममा जनताका प्रतिनिधिहरु उपस्थीत नहुनुले उनिहरुमा जनगुनासो सुन्न सक्ने क्षमता नभएको भन्न भ्याए । सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष धामीलाई लक्षित गरि सहभागीले पहिलो कार्यकालको जस्तो जोश जागरका साथ काम नभएको गुनासो राख्दै गर्दा उनले सहकर्मी जनप्रतिनिधी र कर्मचारीहरुको साथ नपाएको बताए ।

उनले भने,‘पहिलो कार्यकालमा जोशजागर भएका जनप्रतिनिधि थिए, उतिबेला प्रभावकारी कामहरु भएका हुन्, अहिले ठ्याक्कै उल्टो छ, हामिले पहिलो कार्यकालमा गरेका कामको उद्घाटन गर्न खुसि हुन्छन् तर सार्वजनिक सुनुवाई र पालिकाको बार्षिक समिक्षा जस्ता महत्वपुर्ण कार्यक्रममा मुख देखाउदैनन्,।’

१६ कार्तिकमा बसेको बैठकले बार्षिक समिक्षा र सार्वजनिक सुनुवाईको मिति तय गरेको र उक्त कार्यक्रमका लागि औपचारिक जानकारी गराउदाँ समेत उपस्थीत नहुनु गैर जिम्मेवारीपना भएको बताए ।

अध्यक्ष धामीले गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्ट महिनामा १५दिन कार्यालयमा अनुपस्थीत हुने गरेको बताए । उनले शिक्षामा सबैभन्दा बढी गुनासाहरु आउदाँ समेत शाखा प्रमुख गैरजिम्मेवार भएको गुनासो गरे । इन्जीनियर कृष्ण बहादुर चलाउनेले पनि योजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको बताए ।

बिहिबार आयोजीत बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष, ४जना वडाअध्यक्ष, २जना कार्यपालिका सदस्य र ५जना वडा सदस्य बाहेकका जनप्रतिनिधिहरु उपस्थीत थिएनन् । कार्यक्रममा गाउँपालिकाका ५३जना जनप्रतिनिधि मध्ये १२जना मात्रै उपस्थीत थिए ।

धामीले आफ्नो लामो भाषणका क्रममा पत्रकारहरुलाई समेत कटाक्ष गर्न छाडेनन् । पत्रकारहरुले स–साना कमजोरीहरु लेख्नका लागि ढुकेर बस्ने गरेको तर राम्रा कुराहरुलाई नजरअन्दाज गर्दै आएको गुनासो गरे । आफ्नो पहिलो कार्यकाल र यस कार्यकालमा पत्रकारहरुले साथ दिएको भए अझै महत्वपुर्ण कामहरु प्रभावकारी ढंगबाट गर्न सकिने बताए । केहि विवादीत योजनाहरुका बिषयमा पत्रकारले वास्तविकता बुझेर खबर सम्प्रेसण गरिदिएको भए बिवाद आफै साम्य हुनेमा पत्रकारको साथ नपाएको भन्न भ्याए । उनले गाउँपालिकाको विकास निर्माण र गाउँपालिकालाई सधैभरी सतमार्गमा डो-याउन पत्रकारहरुको महत्वपुर्ण भुमिका हुने भन्दै त्यस प्रकारको साथ खोजेको बताए ।

अध्यक्ष धामीले गाउँपालिकाका हरेक सचेत नागरिकले पालिका प्रति चासो राख्ने, सुझाव दिने, कमजोरीहरुमा सचेत गराउने गरे मात्रै गाउँपालिकाको विकास र सम्वृद्धि सम्भव हुने भएकाले सबैलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी